कम्युनिस्टहरूलाई दुई तिहाइको दम्भले खायोः रामचन्द्र पौडेल

पाल्पा । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले कम्युनिस्ट सरकार दुई तिहाईको दम्भले ग्रस्त भएको बताएका छन् ।

नेपाल प्रेस युनियन पाल्पाले मंगलबार बिहान तानेसनमा आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले नेकपालाई नपत्याएको मत प्राप्त भएको र नपत्याउने मत पाएर कांग्रेस हारेको बताए ।

‘त्यसैले गर्दा पनि नेकपाको सरकार दुई तिहाईको दम्भले ग्रस्त भएको छ’, उनले भने, ‘प्रतिपक्ष नै छैन जस्तो स्थिति बनेको अवस्थामा वर्तमान प्रधानमन्त्रीले प्रतिपक्ष नभएको उक्ति दिँदै हिडेका छन् ।’

वर्तमान सरकारले अघिल्ला सरकारबाट भएका कामको प्रगतिमा गएर फोटो खिचाउने काम मात्रै गरेको पौडेलले आरोप लगाएका छन् ।

नयाँ कामको सुरुवात नै गर्न नसकेको बताउँदै कांग्रेसका नेता पौडेलले कुनै पनि काममा प्राथमिकीकरण गर्न नसकेको बताएका छन् । ‘पहिले करोड भ्रष्टाचार भएको सुनिन्थ्यो’, पौडेलले भने, ‘अहिले अर्बौ भ्रष्टाचार भएको सुनिएको छ ।’

नेतालाई पनि निरकुंश बनाउन नहुने भन्दैअहिले कांग्रेसको विधानपूर्ण लोकतान्त्रिककरण गरेको पौडेलले बताएका छन् ।

उनले विद्यान समावेशी बनाएको र कांग्रेसको महासमिति बैठकले एउटा अनुपम लोकतान्त्रिक र अनुपम समावेशी विधान दिएको बताए ।

‘अब हामीले कार्यसमितिको अवधि बढाउन हुँदैन’, नेता पौडेलले भने, ‘मैले सययमै निर्वाचन गराउन पर्छ भन्दै आएको छु । अब समयमा नै महाधिवेशनमा जानुपर्छ । यसो गर्न सकिएन भने पार्टीको हितमा हुँदैन ।’

पौडेलले तोकिएको समयसिमा नै महाधिवेशन गराउनुपर्ने बताउँदै कांग्रेसको सिंगो कार्यसमितिले पार्टीले आम चुनाव पराजयको जिम्मा लिएको बताए ।

Published : Tuesday, 2019 January 22, 12:30 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया