चीनमा मुस्लिम समुदायमाथि कठोर दमन, बच्चाको ज्यान गयो
बेइजिङ । चीनको पश्चिमी क्षेत्र सिनजियाङमा रहेका अल्पसंख्यक मुसलमानप्रति चिनियाँ प्रशासनले देखाएको रबैयाको चर्को आलोचना भैरहेको छ ।
चीनले सिनजियाङ राज्यमा ठूलो संख्यामा रहेका मुसलमानहरूलाई क्याम्पमा कैद गरेर राखेको खुलासा भएको छ । चीनका आलोचकहरूले अल्पसंख्यक मुस्लिमहरूलाई दमन गरेर राखेको आरोप आलोचकहरुले लगाएका छन् ।
संयुक्त राष्ट्रसंघीय कमिटीले सिनजियाङमा करीव ८ लाख मुसलमानहरूलाई हिरासतमा राखेर ‘दोस्रो पटक शिक्षा’ दिइरहेको जानकारी दिएको थियो । सिनजियाङमा मुसलमानहरूलाई बन्दी बनाइएको धेरै प्रमाणहरू सार्वजनिक भएका छन् ।
चीनलले सो क्षेत्रमा धेरै मुस्लिम अल्पसंख्यकहरूलाई असुरक्षित पारेको आरोप छ । सिनजियाङ वरिपरि चिनियाँ सरकारको व्यापक निगरानीले ‘वायुको जेल’ भनेर वर्णन गर्न थालिएको छ ।
मुस्लिम समुदायको सिनजियाङसंग लामो इतिहाँस जोडिएको छ । १.४ अर्ब जनसंख्या रहेको चीनमा लगभग २२ मिलियन जनसंख्याको बस्ती भएको क्षेत्र हो, सिनजियाङ ।
सिनजियाङमा कुल जनसंख्याको आधा भू–भाग मुस्लिम भएपनि उनीहरूको कुरा सुनिदैन । मुस्लिम समुदायलाई चीनमा प्रशासनले दमन गरेर राखेको छ ।
मुस्लिम समुदायको लागि अहिले पनि चीनको सिनजियाङमा दास प्रथा रहेको संयुक्त राष्ट्र संघको एउटा गोप्य रिपोर्टले पुष्टि गरेको छ । चीनले सो क्षेत्रमा आप्रवासीका लागि कार्यक्रमहरू सञ्चालन गर्दै आएको दाबी गर्दै आएको छ ।
टरसुन बरबर यातना
मिह्रगुल टरसुन उर्मिक जब आफ्ना बुबाआमा भेट्न सिङजियाङ पुगे तब उनलाई थाहा थिएन तीन वर्ष पीडा खेप्नुपर्नेछ । हो, टरसुनका बुबाआमालाई भेटेर चीनबाट जब फर्किन थाले उसलाई एयरपोर्टमा मुस्लिम भएकै कारण सोधपुछ गर्न थालियो ।
टरसुनलाई विभिन्न किसिमका मानसिक यातना दिँदै सिङजियाङमा बसोवास गर्ने व्यक्तिहरूलाई कसरी चिन्नुहुन्छ भनेर धेरै प्रश्नहरू तेस्र्याए । जब टरसुनले चिनियाँ अधिकारीहरूको जवाफ दिन सकेन । अनि उनलाई हिरासतमा लियो । उनीसँग रहेका तीनवटा बच्चालाई अलग गरेर टरसुनलाई तीन महिनासम्म हिरासतमा राखियो ।
टरसुनले तीन महिनापछि नजरबन्दबाट बाहिर आउँदा डाक्टरले भने, ‘तपाईको बच्चा मोहनेद अस्पतालमा छ ।’ अस्पताल जाँदा टरसुनको बच्चाको मृत्यु भैसकेको थियो । टरसुनले त्यसपछि आफ्ना २ वटा बच्चा लिएर मृत्यु भएको बच्च मोहनेदको यादमा आफ्नो जीवन विताइरहेका छन् ।
सिङजियाङ क्षेत्रमा बसोबास गर्ने मुस्लिम समुदायसँग चिनियाँ सरकारले यस्तै किसिमको अभद्र व्यवहारहरू गर्दै आइरहेको छ । टरसुन भन्छन्, ‘म आफ्नो बच्चा मोर्स र एलिनालाई मृत्यु भएका छोरा मोहनेदको बारेमा भन्नेछु । चीनको सरकारले उसको भाईलाई हत्या गरिदियो । टरसुलाले भन्यो कि सिनजियाङ क्षेत्रमा बासोवास गर्ने बहुसंख्यक मुस्लिम र बेइजिङको झगडामा आफ्नो बच्चा सिकार भएको हो ।’
सिएनएनको रिपोर्ट अनुसार सिनजियाङ क्षेत्रका आठ लाख मुस्लिम जनतालाई चिनियाँ सरकारले हिरासतमा राखेर चिनियाँ गतिविधिबारे शिक्षा दिइरहेको छ ।
को हुन वीगर ?
चीनको पश्चिमी प्रान्त सिनजियाङमा रहेका एक करोडभन्दा धेरै वीगर समुदायका मानिस मुसलमान हुन् । सांस्कृतिक रुपमा मध्य एसिया देशका निटक मान्ने उनीहरूको भाषा पनि टर्कीसँग मिल्दोजुल्दो छ ।
केही वर्षयता ठूलो संख्यामा चीनका बहुसंख्यक नस्लीय समूह ‘हान’ सिनजियाङमा बस जानु एक संवेदनशील मुद्दा बनेको छ । अर्को समूह हावी भएपछि वीगर समुदायका मानिसको सिनजियाङबाट रोजगारी र संस्कृति खतरामा पर्न थालेको छ ।
कहाँ छ सिनजियाङ ?
सिनजियाङ चीनको पश्चिम क्षेत्रको सबैभन्दा ठूलो प्रान्त हो । यसको सिमाना भारत, अफगानिस्तान र मंगोलियालगायतका केही देशसँग जोडिएको छ । यसलाई पनि तिब्बत जस्तै स्वायत्त क्षेत्र भनेर चिनिन्छ । तर यहाँको सरकारको साँचो बेइजिङको हातमा छ ।
वर्षौंदेखि यो प्रान्तको अर्थव्यवस्था खेती र व्यापारमा केन्द्रित रहँदै आएको छ । २०औं शताब्दीको सुरुवातमा वीगर समुदायले केही समयका लागि मात्रै भएपनि सिनजियाङ प्रान्तलाई स्वतन्त्र घोषणा गरेका थिए । पछि सन् १९४९ को कम्युनिष्ट क्रान्तिपछि यो प्रान्त चीनको भू–भाग बनेको हो ।
अहिले सिनजियाङमा के भैरहेको छ ?
सन् २०१८ को अगस्त महिनामा संयुक्त राष्ट्रसंघको मानवअधिकार समितिले बताएअनुसार ‘वीगर स्वायत्त क्षेत्र नजरबन्दमा’ परेको छ । त्यसबेला यहाँ १० लाख मानिस हिरासतको जीवन बिताइहेका थिए ।
मानवअधिकार संगठनका अनुसार एकातर्फ बन्दी क्याम्पका राखिएका मानिसलाई चिनियाँ भाषा सिकाउने गरिन्छ । उनीहरूलाई चिनियाँ राष्ट्रपति सी जिनपिङप्रति वफादार रहेको कसम पनि खान लगाइन्छ । उनीहरूको आफ्नो धर्म र संस्कृतिको आलोचना पनि गर्न लगाइन्छ ।
वीगर समुदायले कडा निगरानीको सामना पनि गर्नु परेको छ । उनीहरूको घरको ढोकामा क्यूआर कोड्स लगाइएको छ । अनुहारलाई चिन्नका लागि क्यामरा पनि फिट गरिएको छ । अधिकारीले आफूले चाहेको बेलामा घरभित्र को छ भनेर थाहा पाउन सक्छन् । एजेन्सी
यसमा तपाइको मत