ओली सरकारविरुद्ध नेविसंघ, ‘तातो रगत’लाई वर्षात् र जाडोले रोक्न सकेन(तस्वीर)
काठमाडौं । नेपाल विद्याथीं संघ (नेविसंघ)ले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तलाई न्याय र प्रा.डा.गोविन्द केसीका मागहरू पूरा गर्न दवाव दिँदै काठमाडौंमा कम्युनिस्ट सरकारविरुद्ध प्रदर्शन गरेको छ ।
माइतीघर मण्डलादेखि नयाँबानेश्वर चोकसम्म नेविसंघले बुधबार विरोध र्याली निकालेको हो । नेविसंघका कार्यकर्ताले कम्युनिस्ट सरकारविरुद्ध नरावाजी गरेको अध्यक्ष नैनसिंह महराले जानकारी दिए ।
कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको महिनौँ बितिसक्दा समेत हत्यारा पक्राउ नहुनु र जनतामुखी चिकित्सा शिक्षा विधेयक सरकारले नल्याउन खोजेपछि बाध्य भएर आन्दोलन गर्नुपरेको महरले बताए ।
कम्युनिस्ट सरकारले डा.गोविन्द केसीका मागहरू तत्काल सम्बोधन गर्नुपर्ने माग नेविसंघले गरेको छ ।
सरकारले अधिनायकवादी चरित्र देखाएको, बलात्कार, हत्या, हिंसा जस्ता घटनाहरू दिनहुँ हुन थालेको नेविसंघले आरोप लगाएको छ ।
नेविसंघले कांग्रेस नेताहरूको नाममा स्थापना गरिएका अस्पतालहरू केन्द्र सरकारको मातहतमा राख्नुपर्ने माग समेत गरेको छ ।
सरकारले आफ्नो रवैया नसच्चयाए संघर्षका कडा कार्यक्रमहरू अगाडि बढाउने नेविसंघका नेताहरूले चेतावनी दिएका छन् । प्रदर्शन बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो ।
काठमाडौं उपत्यकामा वर्षा भएका कारण अत्याधिक चिसो हुँदा पनि नेविसंघका कार्यकर्ताहरूले कम्युनिस्ट सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।
यसमा तपाइको मत