प्रचण्डका ज्वाइँले चीनमा हैसियत भुलेपछि…
काठमाडौं । जीवन आचार्य केही दिनदेखि चीनको भ्रमणमा छन् । उनी कुन हैसियतले चीन भ्रमण गएका हुन् केही भनिएको छैन । उनको हैसियत पनि धेरैलाई थाहा छैन ।
तत्कालीन माओवादी केन्द्र भन्ने पार्टी हुँदा मोरङ जिल्लाबाट प्रदेश सभामा उम्मेदवार बनेका आचार्यले नराम्रोसँग पराजय भोग्नु परेको थियो ।
हुन त उनलाई आफ्नै परिचयले भन्दा पनि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का कान्छा ज्वाइँका रुपमा चिनिन्छ ।
उनको रासोबासो प्रचण्डको खुमलटारस्थित निवासमा हुन्छ । खुमलटारमा ‘घरज्वाइँ’ जस्तै गरेर बसेका आचार्य प्रचण्डकी कान्छी छोरी गंगा दाहालका श्रीमान हुन् । आचार्यको आफ्नै कुनै पनि ठूलो परिचय छैन ।
आचार्यले खुमलटारमा बसेर ठूलाठूला डिल गर्नेदेखि ससुरा प्रचण्डको नामबाट सरुवा, बढुवा, राजनीतिक नियुक्ति, नेता तथा कार्यकर्ताहरू भेट्ने लगायतका गतिविधि गर्दै आएको स्रोतको भनाइ छ ।
आफैले गर्नेभन्दा पनि ससुरा प्रचण्डकै अगाडि पछाडि गरेर आचार्यले ‘तरमार्दै’ आएको धेरैको आरोप छ । यति बेला आचार्यले हैसियत बिना चीनको बेइजिङस्थित नेपाली राजूतावासमा पुगेर चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलसँग भीआइपी सरह भेटेर तस्वीर फेसबुकमा राखेका छन् ।
राजदूत पौडेलले आचार्यलाई नेपालका भीभीआईपीलाई जस्तै गरेर सम्मान दिएका छन् । राजदूत पौडेलले आचार्यको पछाडि नेपालको राष्ट्रिय झण्डा राखिदिएका छन् ।
कुनै पनि हैसियत नभएका आचार्यलाई यति धेरै महत्व किन दिएको भनेर फेसबुकमा कमेन्ट पनि आएका छन् । प्रचण्डका खास व्यक्ति भएकै कारण चीनको राजदूत पद पाएका पौडेलले प्रचण्डको कान्छो छोरी ज्वाइँको नाताले यति ठूलो सम्मान दिएको हुनुपर्छ । यूनाइटेड पाष्ट साप्ताहिकबाट साभार
यसमा तपाइको मत