कम्युनिस्टहरुका कारण मुठभेडको अवस्था आयोः गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले सभामुखको भूमिका तटस्थ हुनुपर्ने बताएका छन् । उनले कम्युनिस्ट सरकार जिम्मेवार नभए शुक्रबार बस्ने संसदको बैठकमा मुठभेड हुनसक्ने चेतावनी दिए ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उनले चिकित्सा शिक्षा विधेयकको लागि सभामुख कृष्णबहादुर महराको संसदभित्रको भूमिका आफूहरुको लागि चित्तबुझ्दो नभएको बताए ।
थापाले भने, ‘सदनमा सभामुखको भूमिका न्यायपूर्ण र विवेकपूर्ण हुन्छ भन्ने कुराको अपेक्षा रहन्छ ।’ उनले भने, ‘सभामुख सदनमा आउनुपूर्व वा सभामुख हुनु पहिला कुनै दलसँग आवद्ध रहने हो, तर सभामुखको पदमा आसिन भैसकेपछि उहाँको दलमा आवद्धता रहनुहुन्न ।’
उनले चिकित्सा शिक्षा विद्येयक अरु विधेयकभन्दा फरक विधेयक भएको उल्लेख गरे ।
यसमा तपाइको मत