नेविसंघले निकाल्यो कम्युनिस्ट सरकारविरुद्ध बबरमहल र सैनामैनामा राँके जुलुस (तस्बिर)

काठमाडौं । कम्युनिस्ट सरकारले जबरजस्ती चिकित्सा शिक्षा विधेयक संसदबाट पेलेरै पारित गरेपछि विरोधमा काठमाडौं, रुपन्देहीसहितका विभिन्न स्थानमा राँके जुलुस निस्किएका छन् ।

काठमाडौंको बबरमहल, रुपन्देहीको सैनामैनासहितका स्थानमा कम्युनिस्ट सरकारविरुद्ध नेविसंघ र नेपाली कांग्रेसका कार्यकर्ताहरूले राँके जुलुस निकालेका छन् ।

उनीहरूले कम्युनिस्ट सरकार र सभामुख कृष्णबहादुर महराविरुद्ध कडा नारावाजी लगाएका छन् ।

विरोध प्रदर्शका क्रममा प्रधानमन्त्री खड्गप्रसाद ओलीको राजीनामा समेत माग गरिएको छ ।

काठमाडौंको बबरमहलबाट निस्केको जुलुस नयाँ बानेश्वरतर्फ अगाडि बढेकोमा प्रहरीले धरपकड गरेको छ ।

सरकारले जबरर्जस्ती विधेयक पारित गरेको भन्दै संघले तत्काल विधेयक संशोधन गर्न समेत माग गरेको छ ।

नेविसंघले अनसनरत डा.गोविन्द केसीको मागलाई पनि तत्काल सम्बोधन गर्न सरकारलाई अनुरोध गरेको छ ।

डा.केसीको मागमा समर्थनमा नयाँ बानेश्वर क्षेत्रमा नेविसंघले निकालेको ¥यालीमा समेत प्रहरीले धरपकड गर्दै दर्जन बढी नेता–कार्यकर्ता पक्राउ गरेको थियो ।

प्रहरीले नियन्त्रणमा लिएका सबै नेता–कार्यकर्तालाई भने रिहा गरिसकेको छ । पक्राउ पर्नेमा नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेसहितका नेताहरू थिए । उनीहरूलाई महेन्द्र पुलिस क्लवमा राखिएको थियो ।

उता, ओली नेतृत्वको कम्युनिस्ट सरकारलाई नालायक र अधिनायकवादी भन्दै रुपन्देहीको सैनामैनामा नेविसंघ र कांग्रेसका कार्यकर्ताहरूले मसाल जुलुस निकालेका छन् ।

उनीहरूले कम्युनिस्ट सरकारले गरेको जनघाति, राष्ट्रघाति निर्णयविरुद्ध गरिएको निर्णयको सर्वसाधारणले विरोध गरेको जनाएका छन् ।

Published : Friday, 2019 January 25, 9:11 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया