गिरिजाप्रसाद र सुशीललाई हाम्रो मनबाट कम्युनिस्टले हटाउन सक्दैनः गगन थापा
भरतपुर । नेपाली कांग्रेसका युवा नेता एवम् केन्द्रीय सदस्य गगन थापाले नेकपाको एकता डर र लोभमा टिकेको बताएका छन् ।
चितवनको माडीमा अगुवा कार्यकर्ता भेलालाई शनिबार सम्वोधन गर्दै युवा नेता थापाले भने, ‘यो एकता विचार र दृष्टीकोणको एकता हैन, पूरै अल्मिलिएको छ ।’
‘लोभ र डरको एकता हो’, उनले भने, ‘देश बनाउने दृष्टिकोण र भिजनको एकता हैन यसको प्रभाव शासकीय प्रभावमा परेको छ ।’
कांग्रेस नेता थापाले एमालेको प्रधानमन्त्रीको लोभ र माओवादीको पार्टी नहरने डरका कारण दुई पार्टी एक भएको बताए ।
गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाम अस्पतालबाट हटाउँदैमा कांग्रेसको मनबाट हटाउन नसक्ने उनले बताए ।
कांग्रेसमाथि सरकारले गरेको व्यवहार कस्तो छ भन्ने सन्देश यसबाट प्राप्त भएकाले पार्टीले आपत्ति जनाएको थापाले बताएका छन् ।
यसमा तपाइको मत