नेविसंघको आन्दोलनको तस्बिर लिँदा पत्रकारलाई प्रहरीद्वारा कुटपिट

काठमाडौं । नेपाल पत्रकार महासंघले स्वतन्त्रतापूर्वक समाचार संकलनमा रहेका पत्रकारलाई प्रहरीले हातपात र दुर्व्र्यवहार गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा आइतबार दिउँसो नेपाल विद्यार्थी संघले निकालेको विरोध प्रदर्शनका क्रममा प्रहरीले विद्यार्थीलाई नियन्त्रणमा लिँदै गर्दाको तस्बिर तथा भिडियो खिचेको भन्दै हिमशिखर टेलिभिजनका विनोद कट्वाललाई हातपात गर्दै लात्ताले हानेर धकेलेको महासंघद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

नयाँ पत्रिका दैनिकका अमूल थापा, नागरिक दैनिकका विजय गजमेर, नेपाल समाचारपत्रका उज्वल डंगोल र पहिलो पोष्टका सार्थक रन्जितलाई प्रहरीले दुर्व्यवहार गरेको नेपाल पत्रकार महासंघले जनाएको छ ।

‘प्रहरीले कसको अनुमतिमा तस्बिर खिचेको भन्दै पत्रकारलाई हातपात तथा दुर्व्यवहार गरेका छन्’, विज्ञप्तिमा भनिएको छ ।

‘स्वतन्त्रतापूर्वक पेशागत जिम्मेवारी वहन गरिरहेका पत्रकारमाथि प्रहरीले गरेको यो ज्यादती प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो’, पत्रकार महासंघले भनेको छ, ‘प्रहरीबाट भएको यस्ता ज्यादतीले पत्रकारको सुरक्षास्थिति थप चुनौतीपूर्ण बनेको महासंघको ठहर छ ।’

महासंघका महासचिव रमेश विष्टले भनेका छन्, ‘महासंघ प्रहरीद्वारा भएको यो घटनाको कडा भत्र्सना गर्दछ । र, प्रेसलाई निर्वाधरूपमा समाचार संकलनको वातावरण बनाउन र यस्ता घटना नदो¥याउन महासंघ सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ ।’

 

Published : Sunday, 2019 January 27, 9:56 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया