तरुण दलको अन्तिम प्रदर्शन धनगढीमा हुँदै
धनगढी । नेपाली कांग्रेसको भातृ संठन नेपाल तरुण दलले कम्युनिस्ट सरकारको अधिनायकवादविरुद्ध अन्तिम प्रदर्शन गर्दै छ ।
सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा तरुण दलले आफ्नो सोमबार यो चरणको अन्तिम प्रदर्शन गर्न लागेको महासचिव भुपेन्द्रजंग शाहीले जानकारी दिए । धनगढीको आजको प्रदर्शनलाई विशेष बनाइनेछ ।
विराटनगरबाट माघ ८ गतेदेखि शुरु भएको अधिनायकवाद विरोधी तरुण दलको प्रदर्शन धनगढीमा समापन हुन लागेको छ ।
तरुण दलले प्रदेशको राजधानीहरूमा विरोध प्रदर्शन गर्दै आएको छ ।
नेपाल तरुण दलले अब सरकार विरोध प्रदर्शनलाई कसरी अगाडि बढाउने भनेर समीक्षा गर्नेछ ।
यसअघि तरुण दलले विराटनगर, जनकपुर, हेटौँडा, पोखरा, बुटवल र वीरेन्द्रनगरमा सम्पन्न गरिसकेको छ ।
Published : Monday, 2019 January 28, 10:17 am
यसमा तपाइको मत