बालिकाको ज्यान गएपछि दनदनी बले थुप्रै टिप्परहरु
विराटनगर । मोरङको सुन्दर हरैंचा नगरपालिका–९ सिसौघारीमा टिप्परको ठक्करबाट बालिकाको ज्यान गएपछि स्थिति तनावपूर्ण बनेको छ ।
स्थानीयको प्रदर्शनले उग्ररुप लिएपछि जिल्ला प्रशासन कार्यालय मोरङले बिहान अर्को आदेश जारी नभएसम्म यो क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
विराटचोकबाट–विराटनगरतर्फ आउँदै गरेको ना ३ ख ३३५५ नम्बरको टिप्परले ठक्कर दिँदा सुन्दरहरैंचा–९ की ११ वर्षीया बालिका लक्ष्मी ढकालको ज्यान गएको हो ।
दुर्घटनापछि स्थानीय वासिन्दाले ठक्कर दिने टिप्परका साथै सडकमा गुडिरहेका अन्य आधा दर्जन टिप्परमा पनि तोडफोड गरी क्षति पुगाएका छन् ।
Published : Monday, 2019 January 28, 2:40 pm
लापरबाही तरिकाले सवारी नचलाइनु साथै दाेसि मा नियम बमोजिमको कारबाही नहुनु
लापरबाही तरिकाले सवारी चलाइनु साथै दाेसि मा नियम बमोजिमको कारबाही नहुनु