प्रहरीको कुटाइबाट घाइते नेविसंघ नेतृ कोइरालाको स्वास्थ्यमा सुधार
काठमाडौं । कम्युनिस्ट सरकारविरुद्धको प्रदर्शनका क्रममा भएको धरपकडको विरोधमा आन्दोलित नेपाल विद्यार्थी संघ (नेविसंघ) माथि प्रहरीले दमन गरेको छ ।
आइतबार प्रतिपक्षी नेपाली कांग्रेसका भ्रातृ संगठनहरुले संयुक्त रुपमा गरेको प्रदर्शनका क्रममा भएको धरपकडको विरोधमा सोमबार नेविसंघले गरेको प्रदर्शनमा प्रहरीले दमन गरेको हो ।
सोमबार सरकारविरुद्ध पद्मकन्या बहुमुखी क्याम्पस नेविसंघले गरेको प्रदर्शनका क्रममा प्रहरीको कुटाइबाट नेविसंघकी नेतृ सुजाता कोइराला गम्भीर घाइते भएकी छिन् ।
प्रहरीको कुटाइबाट कोइराला बेहोस भएकी छिन् । बेहोस भएकी कोइरालालाई वीर अस्पतालको ईमर्जेन्सीमा उपचार गराइएको छ ।
विद्यार्थी नेतृ कोइरालासहितका विद्यार्थी नेताहरूको स्वास्थ्यमा सुधार भएको छ ।
यसअघि आइतबारको प्रदर्शनका क्रममा महामन्त्री कपलेश्वर यादवलगायतका विद्यार्थी नेताहरू घाइते भएका थिए ।
प्रहरीको लाठी लागेर टाउकोमा गम्भीर चोट लागेका यादवलाई भेट्न सोमबार बिहान कांग्रेस केन्द्रीय सदस्यहरू एनपी साउद र चन्द्र भण्डारी अस्पताल पुगेका थिए ।
यसमा तपाइको मत