कम्युनिस्टहरूद्वारा स्थानीय तहमा भ्रष्टाचार, कांग्रेसले खबरदारी गर्ने

काठमडौं । नेपाली कांग्रेसले रामेछापमा स्थानीय निर्वाचनपछि जिल्लामा विकास निर्माणका काममा ढिलासुस्ती भएको र भ्रष्टाचार मौलाएको भन्दै खबरदारी गर्ने निर्णय गरेको छ ।

कांग्रेसले ढिलासुस्ती, भ्रष्टाचार र अनियमितता भएको ठहर गर्दै रामेछापका ८ वटै स्थानीय तहमा खबरदारी गर्ने निर्णय गरेको हो ।

रामेछापका अधिकांश स्थानीय तहमा कम्युनिस्टहरूले जितेका छन् । कम्युनिस्टहरूले जितेका स्थानीय तहमा व्यापक भ्रष्टाचार र अनियमितता भएको कांग्रेसको आरोप छ ।

जिल्ला कार्यसमिति बैठकले विकास निर्माण र नीति निर्माणको कामको विवरण सबै तहसँग माग्ने, राम्रो कामलाई रचनात्मक सहयोग गर्ने तर ढिलासुस्ती र भ्रष्टाचार भएको पाइएमा सशक्त खबरदारी गर्ने निर्णय गरेको छ ।

कागजमा काम मिलाएर नीतिगत रूपमै भ्रष्टाचार भएको जन गुनासो आएपछि खबरदारी गर्ने निर्णय गरिएको कांग्रेस जिल्ला सभापति लवश्री न्यौपानेले बताएका छन् ।

काग्रेसको बैठकले ८ वटै स्थानीय तहमा पार्टी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । प्रशिक्षणको जिम्मेवारी जिल्ला सचिव लेखबहादुर कार्कीलाई दिइएको छ ।

कार्कीको संयोजकत्वमा ७ सदस्यीय प्रशिक्षण समितिसमेत गठन गरिएको कांग्रेसले जनाएको छ ।

Published : Thursday, 2019 January 31, 8:05 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया