डा.केसीलाई उचाल्नेहरुले अनशन तोडाउनुपर्छः सरकार

काठमाडौं । कम्युनिस्ट सरकारले अनशनरत डा.गोविन्द केसीलाई औषधि लिएर वितरण गर्न जान सुझाव दिएको छ ।

सिंहदरबारमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले राष्ट्रिय चिकित्सा विधेयक पारित भएकाले खुसीयाली मनाउन डा.केसीलाई आग्रह गरे ।

मन्त्री बास्कोटाले डा.केसीलाई आफैं अनशन तोडेर जनतालाई सिटामोल बाँड्न जान सुझाव दिए । विधेयकमा डा.केसीका माग सबै पूरा भइसकेकाले अब आफैं अनशन तोडेर खुसीयाली मनाउनु पर्ने उनले बताए ।

‘सरकारको डाक्टर केसीलाई अनुरोध छ, खुसीयाली मनाएर अनसन तोड्नुहोस्, अनसन बस्न उक्साउनेहरूबाट बच्नुहोस् र नयाँ कानून लागू गर्न अगुवाइ गर्नुस्’, मन्त्री बास्कोटाले भने, ‘डाक्टर साबले सिटामोल बोकेर जनतालाई बाँड्न जानु महानता हुन्छ ।’

डा.केसीलाई बोक्नेहरुका कुरा नसुन्न मन्त्री बास्कोटाले आग्रह पनि गरे । ‘डाक्टर साबलाई बोक्नेहरुले अन्धाधुन्दा जहाज उडाउनु भएको छ । ती साथीहरुले जहाजलाई आफै अवतरण गर्नुपर्छ’, उनले भने, ‘डा.केसीको मागअनुसार सहमति भएका कुरालाई विधेयकमा राखेर संसदमा पेस गरिएको छ । पारित भएको छ ।’

‘डाक्टर साबलाई चिसो मौसममा तातो चिजहरु खुवाउनुस्’, उनले भने । डा.केसीले आफै अनशन तोड्नुपर्ने मन्त्री बास्कोटाले बताएका छन् ।

Published : Thursday, 2019 January 31, 5:15 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया