डा.केसीको जीवन बचाउन माग गर्दै कांग्रेसद्धारा बुटवलमा संसद अवरुद्ध
बुटवल । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले अनशनरत डा.गोविन्द केसीको जीवनरक्षाको माग गर्दै प्रदेश ५ को प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।
शुक्रबार बसेको प्रदेश सभा बैठकलाई नेपाली कांग्रेसले अबरुद्ध गरेको हो ।
कांग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले डा.केसीको जीवनरक्षा र बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यारालाई कारबाही गर्नुपर्ने माग गरे ।
उनले रोष्टम अगाडि गएर बैठक चल्न नसक्ने बताएपछि कांग्रेसका सांसदहरु उभिएर विरोध गरेका थिए । त्यसपछि बैठक अवरुद्ध भएको थियो ।
कांग्रेसको अवरोधपछि सभामुख पूर्णबहादुर घर्तीले प्रदेश सभाको बैठक माघ २२ गतेसम्मका लागि स्थगित गरेका छन् ।
Published : Friday, 2019 February 1, 3:50 pm
यसमा तपाइको मत