पूर्वयुवराज पारस अस्पतालबाट डिस्चार्ज

काठमाडौं । पूर्व युवराज पारस शाह उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।

पूर्वयुवराज पारस उपचारका लागि माघ १४ गते थापाथलीस्थित एक निजी अस्पतालमा भर्ना भएका थिए । उनलाई हृदयघात भएपछि अस्पताल भर्ना गरिएको थियो ।

पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहले पारसको उपचारमा संलग्न चिकित्सक र शुभेच्छुकहरुलाई धन्यावाद दिएका छन् ।

पूर्वयुवराज पारसलाई यसअघि पनि हृदयघात भएको थियो । उनको मुटुको शल्यक्रिया गरिएको थियो ।

Published : Friday, 2019 February 1, 4:26 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया