डा.केसीले कांग्रेस र नागरिक समाजको आग्रह माने, अनशन तोड्ने
काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेससहित नागरिक समाजको आग्रहमा डा.गोविन्द केसीले २४औँ दिनमा एकतर्फी रुपमा अनशन तोड्ने भएका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, युवा नेता गगन थापाले बिहीबार डा.केसीलाई भेटेर अनशन तोडन आग्रह गरेका थिए । पूर्वराष्ट्रपति डा.रामवरण यादव र नागरिक समाजका अगुवाहरूले शुक्रबार डा.केसीलाई भेटेर अनशन तोड्न आग्रह गरेका थिए ।
सबैको आग्रहपछि डा.केसी शुक्रबार पत्रकार सम्मेलन गरेर २४औँ दिनमा एकतर्फी रुपमा अनशन तोड्ने निर्णय गरेका हुन् ।
आफूसँग १५ औं अनशनका क्रममा भएको सहमति पालना गरी चिकित्सा शिक्षा विधेयक पारित गर्न माग गर्दै डा.केसी अनशन बसेका थिए ।
तर, उनको मागको सुनुवाई कम्युनिस्ट सरकारले गरेन । डा.केसीको अनशनको बेवास्ता गर्दै संसदमा विधेयक पेश गरेको थियो ।
कम्युनिस्ट सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भइसकेको छ ।
यसमा तपाइको मत