सरकारी गाडीमा नेविसंघले लगायो आगो, कम्युनिस्ट सरकारलाई झट्का

पोखरा । कम्युनिस्ट सरकारविरुद्ध आन्दोलनरत नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पोखरा महानगरपालिका वडा नम्बर ७ मासबारमा रहेको घरेलु कार्यालय नजिक सरकारी गाडीमा आगो लगाएर क्षति पुर्‍याइदिएको छ ।

नेविसंघका कार्यकर्ताले शनिबार बिहान पोखरा महानगरपालिकाको बा १ झ ५८७९ नम्बरको गाडी जलाएका हुन् ।

नेविसंघले शनिबार देशभरि सरकारी गाडी रोक्ने कार्यक्रम राखेको छ । सोही सिलसिलामा शनिबार बिहानै चलाइएको सरकारी गाडी जलाएको नेपाल विद्यार्थी संघका नेता सरोज केसीले जानकारी दिए ।

नेपाल विद्यार्थी संघले सरकारी गाडीमा निरन्तर निगरानी राखेको पनि उनले बताए ।

यो गाडी पोखरा महानगरपालिकाका शिक्षा विभाग प्रमुख हेमप्रसाद आचार्यलाई लिन मासबारस्थित डेरामा गएको थियो ।

गाडीमा रहेका व्यक्तिहरूलाई बाहिर निकालेर नेविसंघका विद्यार्थीले आगो लगाएका थिए । दमकलले आगो निभाएको भए पनि गाडी जलेर काम नलाग्ने अवस्थामा छ ।

आगो लगाउने विद्यार्थी नेताहरू मोटरसाइकलमा चढेर भागेका प्रत्यक्षदर्शीले बताएका छन् ।

Published : Saturday, 2019 February 2, 11:56 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया