रविकी पत्नी समेत रहेकी अध्यक्ष निकितासँग कम्युनिस्ट सरकारले माग्यो स्पष्टीकरण
काठमाडौं । कम्युनिस्ट सरकारले चलिचित्र बिकास बोर्डकी अध्यक्ष निकिता पौडेलसँग लिखित स्पष्टीकरण मागेको छ ।
सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले पौडेलसँग स्पष्टीकरण मागेको हो । चौमासिक समीक्षा बैठकका लागि पत्राचार गर्दा पनि अनुपस्थित भएको र बोर्डको काम सन्तोषजनक नरहेको भन्दै स्पष्टीकरण माग गरेको स्रोतले जनाएको छ ।
मन्त्रालयले आइतबार आर्थिक वर्ष २०७५–७६ को बजेट कार्यन्वयनसम्बन्धी चौमासिक समीक्षा बैठक राखेको थियो ।
बैठकमा मन्त्रालय अन्तर्गत अन्य सबै संस्थान, बोर्ड र निकायका प्रमुखहरू सहभागी थिए । विकास बोर्डकी अध्यक्ष पौडेल थिइनन् ।
चलिचत्र विकास बोर्डको प्रगति विवरण सुनाउन अध्यक्ष पौडेल अनुपस्थित रहेपछि मन्त्री गोकुल बास्कोटाले मन्त्रालयका उच्च अधिकारीलाई यस विषयमा सोधेका थिए ।
मन्त्रालयकी सहसचिव राधिका अर्यालले खबर गरिएको तर नआएको जवाफ दिएकी थिइन् ।
पौडेलले हालै टेलिभिजन प्रस्तोता रवि लामिछानेसँग कोर्ट म्यारिज गरेकी छन् । उनले विदा स्वीकृत पनि नगराएको मन्त्रालयका अधिकारीहरूले मन्त्रीलाई जानकारी दिएका थिए ।
मन्त्री बास्कोटाले विदा स्वीकृत नगराई चौमासिक बैठक चलेको समयमा अनुपस्थित भएको हो भने तत्काल स्पष्टीकरण सोध्न र गोरखापत्रमा सूचना निकाल्न मन्त्रालयका
अधिकारीहरूलाई निर्देशन दिएको स्रोतले जनाएको छ ।
यसमा तपाइको मत