नेविसंघमाथि प्रहरीद्वारा अन्धाधुन्दा प्रहार, भट्टराई गम्भीर घाइते

पोखरा । कम्युनिस्ट सरकारविरुद्ध नेपाली कांग्रेसले सोमबार गर्न लागेको प्रदर्शनको पूर्वसन्ध्यामा आइतबार पोखरामा निस्किएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

प्रहरीको कुटाइबाट नेविसंघका नेता पशुपति भट्टराई गम्भीर घाइते भएका छन् । पृथ्वीनारायण क्याम्पसमा नेविसंघका नेता भट्टराईको फिस्टेल अस्पतालमा उपचार भैरहेको छ । भट्टराईको शरीरभरि चोट लागेको छ । शरीरमा घाउ नै घाउ भएको छ ।

प्रदर्शनका क्रममा नेविसंघमाथि प्रहरीले अन्धाधुन्द प्रहार गरेको नेताहरूले आरोप लगाएका छन् । केही बेर प्रहरी र नेविसंघका कार्यकर्ताबीच झडप भएको थियो ।

नेपाली कांग्रेस र उसका भातृ संगठनहरूले देशभरि प्रदर्शन गरेका छन् । कम्युनिस्ट सरकारको अधिनायकवादविरुद्ध नेपाली कांग्रेसले सोमबार देशभरि प्रदर्शन गर्दै छ ।

सोमबारको प्रदर्शन गर्नु अगाडि नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूले आइतबार साँझ देशैभरि मशाल जुलुस निकालेर प्रदर्शन गरेका छन् ।

नेपाली कांग्रेसको प्रदर्शनलाई ध्यान दिएर कम्युनिस्ट सरकारले प्रदर्शनकारीविरुद्ध कठोर बन्न सुरक्षा निकायलाई निर्देशन दिएको कांग्रेसका नेताहरूले आरोप लगाएका छन् ।

Published : Sunday, 2019 February 3, 9:49 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया