ओली पुरानो घरमा नबस्ने, सुविधा सम्पन्न भव्य घर बनाउन शुरु
काठमाडौं । कम्युनिस्ट सरकारले प्रधानमन्त्री खड्गप्रसाद ओलीको सरकारी निवास बालुवाटारमा अत्याधुनिक सुविधा सम्पन्न भवन निर्माणको प्रक्रिया अगाडि बढाएको छ ।
सहरी विकास मन्त्रालयले प्रधानमन्त्री ओलीका लागि बालुवाटारस्थित हालको निवास परिसरको उपयुक्त स्थानमा नयाँ अत्यधुनिक सुविधा सम्पन्न भवन निर्माण कार्यको प्रक्रिया अघि बढाएको हो ।
बालुवाटारमा प्रधानमन्त्री ओली हाल बसिरहेको भवन ०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पुर्याएको भन्दै नयाँ अत्यधुनिक सुविधा सम्पन्न भवन आवश्यक परेको जनाइएको छ ।
भूकम्पले क्षति पुर्याएको बताइए पनि प्रधानमन्त्री ओली अहिले बालुवाटारमै बस्दै आएका छन् ।
गत मंसिर १७ गते बसेको मन्त्रिपरिषद बैठकले सुविधा सम्पन्न नयाँ भवन बनाउने निर्णय गरेपछि उक्त जिम्मेवारी सहरी विकास मन्त्रालयलाई दिइएको थियो ।
अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बनाउने भनिएको नयाँ अत्यधुनिक भवनको प्राविधिक डिजाइनको काम भइरहेको छ । उक्त डिजाईन आएपछि भवन बनाउँदा कति खर्च लाग्ने भन्ने निर्क्यौल हुनेछ ।
नयाँ भवन बनाउँदा अत्यधुनिक सुरक्षा उपकरणहरु जडान गरिने स्रोतले जनाएको छ ।
पार्किङको लागि भवनभित्रै व्यवस्था मिलाइनेछ । प्राविधिक डिजाइन बनाएर स्वीकृत भएपछि बजेट छुट्याइने उनले जनाए । यसैवर्ष भवन निर्माण कार्य सुरु गर्ने लक्ष्य राखिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीलाई १८ करोडको बिलासी गाडी र साढे डेढ करोडको हेलिकप्टर खरिदमा आलोचित बनेको कम्युनिस्ट सरकारले बालुवाटारमा सुविधा सम्पन्न भवन बनाउन लागेको छ ।
यसमा तपाइको मत