फलामको डण्डीले लागेर कांग्रेसबाट निर्वाचित वडा सदस्य थापाको निधन
बनेपा । काभ्रे जिल्लामा नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित दीपकबहादुर थापाको मृत्यु भएको छ ।
धुलिखेल नगरपालिकाको सरस्वती बजारस्थित सडकको मोडमा निर्माणाधीन घरको फर्माको फलामको डण्डी खसेर चोट लाग्दा थापा गम्भीर घाइते भएका थिए । गम्भीर घाइते वडा सदस्य थापाको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको आफन्तले जनाएका छन् ।
बाटोमा पैदल हिँडिरहेका महाभारत गाउँपालिका वडा नम्वर ४ मा नेपाली कांग्रेसबाट निर्वाचित वडा सदस्य थापालाई घरको माथिबाट खसेको फर्माले चोट लागेको थियो ।
कांग्रेसले थापाको निधनप्रति दुःख व्यक्त गरेको छ । थापाको निधनले पार्टीलाई अपुरणीय क्षति भएको कांग्रेसले उल्लेख गरेको छ ।
Published : Monday, 2019 February 4, 1:02 pm
यसमा तपाइको मत