गगनले फेरि दिए खड्गप्रसाद ओलीलाई झट्का
पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन थापाले कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीसँग देश चलाउने ढंग नभएको आरोप लगाएका छन् ।
कम्युनिस्ट सरकारको विरोधमा सोमबार पोखरामा नेपाली कांग्रेस कास्कीले आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले ओलीलाई देश चलाउने विषयमा सिकाउनु पर्ने बेला आएको बताए ।
‘पहिलो पटक मैले नेपालको प्रधानमन्त्री यस्तो देखेको छु जो अगाडि आएको समस्याको समाधानभन्दा पनि तथ्यहरु बंग्याउँछ’, उनले भने, ‘केबल नक्कली कुरा मात्रै गर्छ । प्रधानमन्त्रीको नक्कली कुराको ठूलो मूल्य चुकाउनुपर्ने बेला आउन लागेको छ ।’
उनले कम्युनिस्ट सरकारलाई कांग्रेसले चलचित्र देखाउनै बाँकी रहेको बताए । थापाले अहिले कांग्रेसले गरेको विरोध कार्यक्रमहरु ट्रेलर मात्रै भएको बताए ।
‘हामीले सिट्ठी बजाउन बाँकी नै छ । हामीले चलचित्र देखाउन बाँकी नै छ । यो ट्रेलर मात्रै हो’, उनले भने, ‘यो सरकारलाई चलचित्र कस्तो हुन्छ केही समयपछि देखाउँछौँ ।’
औषधि खाएर बोल्ने ओलिको बोलिमा के भर!!!!!!!