कम्युनिस्ट सरकारलाई नेविसंघले दियो फेरि झट्का, थुप्रै कार्यकर्ता पक्राउ
काठमाडौं । पोखरामा पक्राउ परेका कार्यकर्ताहरुको रिहाइ माग गरेर नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौंमा गरेको विरोध प्रदर्शनबाट अध्यक्ष नैनसिंह महरसहित दर्जन बढी नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंको मीनभवनमा जम्मा भएर मंगलबार सिडिओ कार्यालय बबरमहलतर्फ आउँदै गरेका नेविसंघका कार्यकर्ताहरुलाई प्रहरीले हस्तक्षेप गरेर पक्राउ गरेको हो ।
नेविसंघका उपाध्यक्ष पवन यादवले अध्यक्ष नैनसिंह महरको नेतृत्वमा विरोध प्रदर्शनमा उत्रिएका दर्जन बढी नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए ।
पक्राउ पर्नेमा नेविसंघका उपाध्यक्ष नवीन राई पनि रहेको उपाध्यक्ष यादवले बताए ।
कम्युनिस्ट सरकारका विरुद्ध केही दिन अगाडि पोखरामा भएको प्रदर्शन तथा सरकारी गाडी तोडफोड र आगजनीमा संलग्न भएको भन्दै प्रहरीले आफ्ना नेता कार्यकर्तालाई पक्राउ गरेपछि आक्रोशित नेविसंघले प्रदर्शन गरेको छ ।
यसमा तपाइको मत