कम्युनिस्ट सरकार तानाशाही बाटोमा हिँड्योः सिटौला

धनकुटा । प्रमुख विपक्षी दल नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले वर्तमान सरकार बहुमतको दम्भमा तानाशाही बाटोमा अघि सरेको आरोप लगाएका छन् ।

धनकुटामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा सिटौलाले सरकारको एक वर्षे कार्यकालको मूल्यांकन गर्दा लोकतान्त्रिक चरित्रमा अघि नबढेकोले खबरदारी गर्नुपर्ने परिस्थिति बनेको बताए ।

कांग्रेसका नेता सिटौलाले कम्युनिस्ट सरकारले दृष्टि गुमाएकाले दृष्टि फर्काउन कांग्रेसको प्रयासरत रहेको बताए । प्रमुख प्रतिपक्षको हैसियतले सरकारलाई सचेत गराउन आफ्नो पार्टी अघि सरेको भन्दै उनले सरकार सच्चिएर जान जरुरी रहेको बताए ।

‘हामीले सरकारको दृष्टि फर्काउन खबरदारी गरेका हौं’, सिटौलाले भनेका छन्, ‘सरकार दुई तिहाइको दम्भ नदेखाई लोकतान्त्रिक चरित्रमा हिँड्नु पर्छ ।’

कम्युनिस्ट सरकारले महाअभियोगको डण्डा देखाएर संवैधानिक अंगमा प्रतिपक्षलाई वेवास्था गरेर हस्तक्षेपकारी भूमिका निभाएको सिटौलाले बताए ।

कांग्रेसका नेता सिटौलाले कांग्रेस पार्टीको मुहान धमिलो भएकाले सङ्लो बनाउने अभियानमा आफू जिल्ला भ्रमणमा निस्किएको बताएका छन् ।

Published : Tuesday, 2019 February 5, 3:06 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया