कांग्रेसको आकस्मिक निर्णयले बुटवलतिर हँगामा, कम्युनिस्टहरुलाई झट्का
बुटवल । राजधानीको माग गर्दै प्रमुख विपक्षी दल नेपाली कांग्रेसले प्रदेश ५ को प्रदेश सभा अबरुद्ध गरेपछि तनाव उत्पन्न भएको छ ।
प्रदेश ५ को राजधानी तोक्ने विषयमा बनाइएको समितिले काम गर्न सकेको छैन । समितिले प्रतिवेदन बनाउने विषयमा आलटाल गरेपछि कांग्रेस रिसाएको हो ।
पूर्वएमाले निकटका नेता शंकर पोखरेलको नेतृत्वमा रहेको प्रदेश ५ को कम्युनिस्ट सरकारले पनि राजधानी तोक्ने विषयमा चासो नदिएको कांग्रेसको अभियोग छ ।
मंगलबार बुटवलमा बसेको प्रदेश सभाको बैठकमा कांग्रेसले राजधानीको माग गरेर बैठकमा अबरोध गरेपछि कम्युनिस्ट सरकारलाई तनाव उत्पन्न भएको छ ।
प्रदेश ५ को स्थायी राजधानी र नामाकरणका लागि सुझाव संकलन गर्न गठन भएको विशेष समितिले लामो समय हुँदासम्म पनि काम गरेको छैन । सोही कारण बैठक अवरूद्ध गरेको नेपाली कांग्रेसले जनाएको छ ।
नेकपाका प्रदेश सांसद दीपेन्द्रकुमार पुनको संयोजकत्वमा समिति बनाइएको छ । पुनले काम गर्न सकेका छैनन् ।
समितिले स्थायी राजधानी र नामाकरणका लागि सुझाव संकलन गर्नुको साटो जालझेल गरेर लम्बाउन खोजको कांग्रेसको आरोप छ ।
कांग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले राजधानीका विषयमा प्रदेश सरकार र समिति गैरजिम्मेवार बनेपछि बाध्य भएर दवाव दिन बैठक अबरोध गरेको बताए ।
सुझाव संकलन गर्न गठित १५ सदस्यीय समिति छ । समितिमा रूकुमपूर्व, नवलपरासी र बाँके जिल्लाका प्रतिनिधिहरू छैनन् । समितिमा सबै जिल्लाका सांसदहरूको प्रतिनिधित्व गराउन समितिले तयारी गरेको छ ।
समितिमा सदस्य थपका नाममा राजधानी टुंगो लगाउने विषयलाई लम्बाउन खोजिएको भन्दै त्यसको विरूद्ध आफूहरू बैठक अवरूद्ध गरेको पोखरेलले बताएका छन् । संसदको अर्को बैठक २४ गतेसम्मका लागि स्थगित भएको छ ।
यसमा तपाइको मत