ओली सरकारविरुद्ध महिला संघले बुटवलमा प्रदर्शन गर्ने
बुटवल । नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघ जिल्ला कार्यसमिति रुपन्देहीले कम्युनिस्ट सरकारको अधिनायकवादका विरुद्ध सडक प्रदर्शनको कार्यक्रम घोषणा गरेको छ ।
खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारको अधिनायकवादविरुद्ध नेपाली कांग्रेसले आन्दोलन चलाइरहेका बेला महिला संघ रुपन्देहीले बुटवलमा प्रदर्शन गर्न लागेको छ । महिला संघले यसअघि काठमाडौंमा पनि प्रदर्शन गरिसकेको छ ।
कम्युनिस्ट सरकारविरुद्ध बुटवलको राजमार्ग चौराहामा माघको २६ गते बिहन ११ बजे विरोध र्याली गरिनेछ । विरोध र्याली ट्राफिक चोकमा पुगेर सभामा परिणत हुनेछ ।
कम्युनिस्ट सरकारको अधिनायकका विरुद्ध बिरोधको कार्यक्रम तथा खबरदारी सभा राखिएको महिला संघ रुपन्देहीले जनाएको छ ।
कमयुनिस्ट सरकार विरोधी कार्यक्रममा सहभागी हुन महिला संघ रुपन्देहीले नेपाली कांग्रेसका कार्यकर्ता र शुभेच्छुकहरूसँग आग्रह गरेको छ ।
यसमा तपाइको मत