ओली सरकार गम्भीर संकटमा, विदेशीहरूले विश्वास गरेनन

काठमाडौं । नेपालमा कम्युनिस्ट सत्ता आएपछि विदेशी लगानीकर्ताहरूले अविश्वास गरेका छन् । विदेशी लगानी नेपालमा ह्वात्तै घटेको छ ।

विदेशी लगानी घटेको विषयलाई पनि अर्थ मन्त्रालयले गम्भीर ढंगले लिएको जनाएको छ ।

विदशी लगानी स्वीकृति प्रक्रिया सजिलो बनाउन दुई तिहाइको कम्युनिस्ट सरकारका अर्थमन्त्री डा.युवराज खतिवडाले उद्योग मन्त्रालयकी सचिव यामकुमारी खतिवडालाई निर्देशन दिएका छन् ।

उनले सम्बन्धित निकायमा आइपुगेका विदेशी लगानीसम्बन्धी फाइलाई फास्ट ट्रयाकमा अघि बढाउन निर्देशन दिएको स्रोतले जनाएको छ ।

निजी क्षेत्र, राष्ट्र बैंक र उद्योग मन्त्रालायबीच सहकार्य गरेर वैदेशिक लगानीका समस्या समाधान गर्न पनि अर्थमन्त्रीले निर्देशन दिएका थिए । कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीले नेतृत्व सम्हालेसँगै विदेशी लगानीमा कटौती आएको छ ।

वैदेशिक अनुदान रकम १६ प्रतिशतले कमी आएको विषयलाई पनि मन्त्रालयले गम्भीर रुपमा लिएको सल्लाहकार डा. रामशरण खरेलले जानकारी दिएका छन् ।

Published : Wednesday, 2019 February 6, 11:24 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया