नेविसंघ विघठनको प्रस्ताव, तदर्थ समिति बन्ने पक्का

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघ (नेविसंघ) विघठनको प्रस्ताव केन्द्रीय कार्यसमितिमा प्रस्ताव गरेको छ ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार बसेको बैठकमा उपसभापति विमलेन्द्र निधिले नेविसंघको वर्तमान कार्यसमिति विघटनको प्रस्ताव राखेका हुन् ।

सभापति शेरबहादुर देउवाले नेविसंघ के गर्ने भन्ने प्रस्ताव राखेपछि उपभापति निधिले विघटनको प्रस्ताव राखेका थिए ।

नेविसंघको वर्तमान कार्यसमितिको औचित्य सकिएको भन्दै निधिले वर्तमान कार्यसमिति भंग गरेर तदर्थ समिति बनाउन प्रस्ताव राखेको केन्द्रीय सदस्य दीपक गिरीले जानकारी दिए ।

नैनसिंह महर नेतृत्वको वर्तमान कायसमितिलाई वधाई दिएर विदाई गर्नुको विकल्प नभएको बताए ।

निधिले नेविसंघ विघटनको प्रस्ताव बैठकमा दर्ता गराएपछि नेता कृष्णप्रसाद सिटौलाले विरोध गरेका छन् । सिटौलाले अधिवेशनबाटै नेतृत्व चयन गर्नुपर्ने मत राखेका छन् ।

उनले थुप्रै भ्रातृ संगठनको अधिवेशन नभएको भन्दै नेविसंघको हकमा एक दिन म्याद सकिनासाथ भंग गर्न नहुने तर्क गरेका छन् ।

सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल नेविसंघ विघटनको पक्षमा उभिएसँगै नेविसंघमा तदर्थ समिति बन्ने करीव निश्चित भएको छ ।

Published : Wednesday, 2019 February 6, 9:01 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया