‘बदमास’ एनसेलविरुद्ध विश्वप्रकाश शर्माले चलाएका थिए अभियान
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एनसेलको बदमासीविरुद्ध वर्षौं पहिला आन्दोलन गरेको रहस्य बाहिर आएको छ ।
एनसेलको बेइमानीविरुद्ध उहिल्यै अभियान चाल्ने नेपाली कांग्रेसका प्रवक्ता शर्मालाई अहिले धेरैले सम्झिएका छन् । सत्तारुढ नपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरू नै एनसेलको कर मिनाहामा संलग्न रहेका बेला कांग्रेसका नेताहरूले राज्यलाई नोक्सानी भएको भन्दै कर हिनामिना गर्ने एनसेललाई दवाव दिएका थिए ।
‘जसले यो प्रवृतिको विरोधमा आवाज उठायो । सर्वोच्च अदालतले बहुतै सुन्दर निर्णय गरेर एनसेललाई कर तिर्न बाध्य पारेको छ, जुन स्वागतयोग्य छ’, पत्रकार कुशुम भट्टराईले भनेका छन् ।
‘यो एनसेल भन्ने फगत टेलिफोन सेवा दिने सँस्था मात्र हैन, यो त एउटा रहष्यमय आर्थिक गिरोह हो । यसमा अजेयराज सुमार्गी, पुष्पकमल दाहाल प्रचण्ड, उपेन्द्र महतोदेखि अनेक मानिसहरूको स्वार्थको कनेक्सन जोडिएको देखिन्छ’, उनले भनेका छन्, ‘एक पटक मलाई सुमार्गीको हेलो मोबाइलदेखि एनसेलसम्मको चलखेलका बारेमा रातोपाटीका ओम शर्माजीले डिटेलमा बताउनुभएको थियो । उहाँले भनेपछि म छर्लंग भएको थिएँ कि यसमा नेताहरूकै व्यापक चलखेल छ ।’
‘सुमार्गीले हेलो मोबाइल कम्पनी युरोपको टेलियासेनोरालाई महँगोमा बेचेदेखि नै एनटीसी डुबाउने र टेलिफोन सेवामा परचक्रीहरूलाई भित्रयाउने र नेपालको रकम विदेश कुम्ल्याउने खेलमा ठूलै गिरोह लागेको रहेछ’, पत्रकार भट्टराईल भनेका छन्, ‘यो गिरोहले एनसेलकै पृष्ठपोषण गर्दै आएको छ र यसमा नेकपाका शीर्ष नेताहरू पनि संलग्न छन् ।’
उनले भनेका छन्, ‘मेरो सल्लाह छ, हाम्रो देशमा एनटीसीजस्तो पुरानो संस्था छदैछ । अब हामी एनटीसीलाई नै बढावा दिउँ, जनताले पनि एनटीसीकै सिम प्रयोग गरौं र यसका कमी कमजोरी हटाउन सरकारले पहल गरोस् । कर नछल्ने एनसेलको सेवा बहिष्कारको अभियान चलाउँ न । अनि एनटीसीमार्फत जनतालाई सस्तो दरमा दूरसंचार सेवा उपलब्ध गराउँ ।’
‘एनसेलजस्ता कर छल्ने र भ्रष्ट नेताहरूको आर्थिक कनेक्सन भएको गिरोह यो देशमा हुन्जेल नेताहरू पनि सुध्रिने भएनन् । नेताहरूको भ्रष्टीकरणको कारण नै एनसेलजस्तो देखियो’, भट्टराईले फेसबुकमा लेखेका छन्, ‘अतः एनसेललाई तत्काल खारेज गरेर सरकारले एनटीसीबाहेक कुनै पनि निजी कम्पनीलाई मोबाइल फोन सेवाका लाइसेन्स नदेओस् । यही नीति शिक्षा र स्वास्थ्यमा पनि लगाइयोस् । हैन भने, एनसेलको कर मिनाहाबापतको कमिसन पैसा महान बलीदानी क्रान्तिका नेताहरूले स्वीस बैंकमा लगेर राख्नेछन्, देश हरिकँगाल भइरहनेछ ।’
यसमा तपाइको मत