हतियार बोक्ने धुन्दुकारी छोरो छुटाउन विप्लवद्वारा देशभरिका विद्यालय बन्द

काठमाडौं । हतियारसहित पक्राउ पक्राउ परेका व्यक्तिलाई छुटाउन दवाव दिन नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी संघठन अखिल क्रान्तिकारीले देशभरिका शिक्षण संस्थाहरू बन्द गराएको छ ।

बिहीबार अखिल क्रान्तिकारीले राजधानीसहित देशभरिका विद्यालयहरू बन्द गराउँदा लाखौँ विद्यार्थीको पठन पाठन प्रभावित बनेको छ ।

विराटनगर विमालनस्थलमा चेकजाँचका क्रममा बन्दुकको गोलीसहित पक्राउ परेका नरेन्द्र विश्वकर्मालाई छुटाउन अखिल क्रान्तिकारीले विद्यालयहरू बन्द गराएको हो । नरेन्द्र नेकपाका प्रवक्ता खडगबहादुर विश्वकर्माका छोरा पनि हुन् ।

अखिल क्रान्तिकारीले विद्यालय बन्द गराएकोमा अभिभावकहरूले आक्रोश जनाएका छन् । अभिभावकहरूले हतियार बोकेर हिँड्ने धुन्दुकारीलाई छुटाउन लाखौँ विद्यार्थीको भविष्यमाथि खेलवाड गर्न नपाइने चेतावनी दिएका छन् ।

अखिल क्रान्तिकारीले विद्यालय बन्द गराएकोमा अभिभावकहरू प्रतिकार गर्न आह्वान समेत गरेका छन् ।

कम्युनिस्ट सरकारले शान्ति सुरक्षा दिन नसकेकै कारण देशभरिका विद्यालय बन्द भएको अभिभावकहरूले जनाएका छन् ।

Published : Thursday, 2019 February 7, 2:18 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया