दाङमा नेकपाका सांसद चढेको कार दुर्घटना, एकजनाको मृत्यु (तस्वीर)

घोराही । दाङ जिल्लामा कार र यात्रु बोकेको बस एक आसपमा ठोक्किदा पूर्वएमाले पृष्ठभूमि भएका सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रदेश सांसद उत्तरकुमार ओलीसहित १४ जना घाइते भएका छन् ।

दुर्घटनामा परेर बसमा सवार एकजना महिलाको मृत्यु भएको छ । बसमा सवार रुकुम साबिक खलंगा वडा नम्बर २ मुसिकोट बस्ने २६ वर्षीया रमिता शर्माको सोही बसले च्याप्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर ३ मसोट पुल नजिकै शनिबार अपरान्ह ४ः५० बजे दुर्घटना हुँदा दाङ जिल्लाबाट प्रदेश ५ मा प्रतिनिधित्व गर्ने प्रदेश सांसद ओलीसहित कार र बसमा सवार १४ जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मुसोट खोलाको पुलदेखि १ किलो मिटर अगाडि मोडमा घोराहीदेखि लमहीतर्फ जाँदै गरेको ना ५ ख ५५२९ नम्बरको बस र लमहीदेखि घोराहीतर्फ आउँदै गरेको बा १८ च ६८३६ नम्बरको कार एक आपसमा ठक्कर खाएको थियो ।

गम्भीर घाइते भएका प्रदेश सांसद ओलीलाई उपचारका लागि बाँकेमा रहेको कोहलपुर मेडिकल कजेजमा पठाइएको छ ।

राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानी बस्ने वर्ष ५९ का लोकमणि ज्ञवालीलाई समेत उपचारको लागि वुटवल पठाइएको छ । कार र बसमा सवार अन्य १२ जनाको लमही अस्पतालमा उपचार भैरहेको छ ।

Published : Thursday, 2019 February 7, 8:22 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया