एनआरएनए अमेरिकाको सदस्यता लिन पौडेलको आग्रह

टेक्सास । नेपाली जनसम्पर्क समिति अमेरिकाका उपाध्यक्ष एवम् एनआरएन अभियन्ता सीपी पौडेलले एनआरएनए अमेरिकाको सदस्यता लिन सबैलाई अपील गरेका छन् ।

एनआरएन अभियानलाई अझै व्यापक बनाउन तथा सामाजिक रुपान्तरणका लागि सम्पूर्ण नेपाली तथा जनसम्पर्क समिति अमेरिकाका साथीहरूलाई अनुरोध गरेका हुन् ।

पौडेलले सामाजिक संजाल मार्फत सदस्यताका लागि आग्रह गरेका छन् ।

सदस्यता बनेमा मात्रै संस्था मजबुत हुने भन्दै उनले कमजोरीलाई सुधार गर्दै पौडेलले आगामी दिनमा संस्थागत विकासका लागि सदस्यता लिनुपर्ने बताए ।

आगामी कार्यकालका लागि बोर्ड अफ डाइरेक्टरमा आकांक्षा व्यक्त गरेका पौडेलले त्यसका लागि तयारी थालेको समेत बताएका छन् ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको सदस्यताका लागि आगामी फेब्रअरी १५ तारिख सम्मको समय छ ।

Published : Sunday, 2019 February 10, 11:03 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया