अमेरिकामा बन्यो गिरिजाप्रसादको नाममा कार्यसमिति

अमेरिका । नेपाली कांग्रेसका तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममा स्थापित ‘जिपी कोइराला फाउण्डेशन अमेरिका’ शाखाको कार्यसमिति बिस्तार गरिएको छ ।

सल्लाहकार समितिका उमा शाह, सीता कोइराला, डा.दुर्गा दाहल, डा.राजन पन्त, आमोद पोखरेल, विध्यासागर योञ्जन, मोहनसिहं बिष्ट, सर स्कट डेलेसी र सर गर्डन एम. जनसनको एडभाईजरी कमिटी गठन भएको छ ।

समितिको सभापतिमा सोमनाथ घिमिरे चयन भएका छन् । उपसभापतिहरूमा सर्बज्ञ वाग्ले, सुबर्ण लामा, सुन्दर कर्मचार्य, रामजी मरासीनि र लक्ष्मी केसी चयन भएका छन् ।

महासचिबमा सुरेन सापकोटा र सचिवमा प्रेम परियार चयन भएका छन् । कोषाध्यक्षमा ब्रेन्दा राई र सहकोषाध्यक्षमा पुनम राणा मगर चयन भएका छन् । कार्यसमितिको प्रवक्तामा प्रियरन्जन दाहल नियुक्त भएका छन् ।

सदस्यहरूमा क्रमशः जनेश गुरुड, शारदा क्षेत्री, फुर्वा शेर्पा, लोचन गुरुड, राम कोइराला, विश्व बास्तोला, विमल डाँगी, यादव दुलाल, रामचन्द्र रेग्मी, राजेन्द्र थापा, कृष्ण खनाल, कृष्णराज गिरी, सम्बा लामिछाने, दिलु पराजुली, कृताबहादुर शाही, रबिन फुम्बाहाम्फे, अशोक ज्ञवाली, चित्र बस्नेत, गणेश भण्डारी, दीपक हुमागाइँ, दिनेश शर्मा, शुभाष घिमिरे, रामकुमार महतो, यम नारायण अधिकारी, मेघा बस्नेत प्रधान, गीता सापकोटा, प्रेम श्रेष्ठ, बिष्णु सिंह बैजु, नेत्र केसी, विनोद थापा, त्रिभुवन पाण्डे, सृजना काफ्ले खडका, रामचन्द्र अधिकारी र केपी भट्ट चयन भएका छन् ।

शाखाका मानार्थ सदस्यहरू पियुश दाहल, भगवान मैनाली, डा. देशराज संयोग, पशुपति पाण्डे, भरत अर्याल, अर्जुन सिग्देल, थलराज पन्त, महम्मद रशिद, डा.डेभिड नलिन, शान्त रिसाल, मिगंमार शेर्पा, केदार श्रेष्ठ र सन्तबाहदुर थापा मगर रहेका छन् । अन्य विभाग र क्षेत्रीय संयोजकहरू राख्नु परेमा पछि सरसल्लाह र सहमतिमा गरिनेछ ।

गिरिजाप्रसाद कोइरालाको निधनपछि प्रजातन्त्र, शान्ति र समृद्ध नेपाल बनाउने लक्ष्यकासाथ स्थापना भएको प्रतिष्ठानले नेपालका र विदेशका विभिन्न मुलुकमा आफ्नो शाखा विस्तार गर्ने क्रममा अमेरिका शाखाको कार्यसमिति विस्तार भएको सभापति सोमनाथ घिमिरेले बताएका छन् ।

समितिको कार्यालय समेत स्थापना हुनेछ । अमेरिकाका बिभिन्न सघं–सस्थांहरूसंग सहकार्य गरेर नेपालको शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा काम गर्नुका साथै गिरिजाबाबुको बारेमा लेखिएका पुस्तक संकलन गर्ने र अनुसन्धान गर्ने जनाइएको छ ।

Published : Sunday, 2019 February 10, 11:46 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया