सुप्रिमो प्रचण्डलाई तनाब, माओवादी नेताहरूविरुद्ध भ्रष्टाचार मुद्धा हालिने

काठमाडौं । बहिर्गमित जनमुक्ति सेना नेपाल केन्द्रीय संघर्ष समितिका महासचिव राजन थापा ‘सुवास’ले आफूहरूका मागको सुनुवाई नभए माओवादी लडाकुको शिविरमा भएको खर्बौंको भ्रष्टाचारविरुद्धको उजुरी हाल्ने चेतावनी दिएका छन् ।

थापाले विज्ञप्ति जारी गरेर बहिर्गमित लडाकुहरूले राखेका माग पूरा गर्न खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारसँग आग्रह गरे ।

‘सिबिरमा खर्बौ भ्रष्टाचार गर्ने तपाईहरु चाहिँ योग्य, हामी चाहिँ कसरी अयोग्य ? अब भ्रष्टाचार गर्ने तपाईहरूबिरुद्ध ७७ वटै जिल्लामा र सर्बोच्च अदालतदेखि अख्तियारसम्म तपाईहरूका बिरुद्ध मुद्दा हाल्छौं’, विज्ञप्तिमा भनिएको छ, ‘नेपाली जनताले पसिना बगाइ, कमाएर तिरेको तिरोको करमाथि हिनामिना गर्ने अधिकार कसैलाई छैन ।’

‘वाइड बडी विमानमाथि खुलेआम रुपले ४ अर्ब ३५ लाख भ्रष्टाचार भएको पुष्टि भैसकेको छ । त्यो भ्रष्टचारी चाहिँ योग्य, हामी चाहिँ कसरी अयोग्य ?’, महासचिव थापाले भनेका छन्, ‘द्वन्द्व पीडितहरूलाई सडकमा छोडेर कसरी शान्ति प्रकृयाले पूर्णता पाउला ? यदि द्वन्द्व बेबस्था नगरेसम्म शान्ति प्रकृयाले पूर्णता पाउन सक्दैन ।’

राज्यले समस्याको समाधानभन्दा पनि द्वन्द्व नै चाहेको थापाले बताए । उनले द्वन्द्वपीडितहरूले उठाएको जायज मागलाई सम्बोधन गर्ने बाटो बिराएर उल्टै धरपकट गर्दै जबर्जस्ती द्वन्द्वतिर धकेल्ने बाटोमा राज्य लागेको बताए ।

‘प्रचण्ड हाम्रै कारण प्रधानमन्त्रीको कुर्सीसम्म पुग्नु भएको छ भने प्रधानमन्त्रीको कुर्सी योग्य, हामी कसरी अयोग्य ? यसको उत्तर ७ वटा डिभिजन कमान्डर, ४ जना डिपुटी कमान्डर र तत्कालीन सुप्रिम कमान्डर प्रचण्डले दिनुपर्छ डिपुटी कमान्डर नन्दबहादुर पुन ‘पासाङ’ तपाई यहि जनमुक्ति सेना कै कारण उपराष्ट्रपति बन्नु भएको छ’, विज्ञप्तिमा भनिएको छ ।
‘चक्रपाणि खनाल ‘बल्देब’ हाम्रै कारणले कृषिमन्त्री बन्नु भएको छ’, थापाले भनेका छन्, ‘डिपुटी कमान्डर जनार्दन शर्मा हाम्रै कारणले गृह मन्त्री बन्नु भयो । वर्षमान पुन अनन्त हाम्रै कारणले उर्जामन्त्री बन्नु भएको छ । प्रचण्ड तपाई हाम्रै कारण २ पटक प्रधानमन्त्री बन्नु भयो । के कुर्सी कै लागि मात्रै थियो त १० वर्षे जनयुद्धको लक्ष्य ?’

Published : Sunday, 2019 February 10, 12:38 pm

2 प्रतिकृया प्राप्त “सुप्रिमो प्रचण्डलाई तनाब, माओवादी नेताहरूविरुद्ध भ्रष्टाचार मुद्धा हालिने”

  • ज्ञानेन्द्रले छोरीलाइ दिएको दाइजो माथि रोक लगाउने आयश्रोत नभएको #प्रचण्ड ले आफ्नो छोरीलाइ १४करोडको घर किनेर दाइजो कसरी दिए?

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया