चिकित्सकहरूमाथि लाठी प्रहार, २५ जना डाक्टर पक्राउ
काठमाडौं । कम्युनिस्ट सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शान्तिपूर्ण धर्नामा बसेका चिकित्सकहरूलाई पक्राउ गरेको छ ।
सरकारी चिकित्सक संघ (गोदान)का अध्यक्ष डा.दीपेन्द्र पाण्डेले आफूसहित २५ जना चिकित्सकलाई प्रहरीले मन्त्रालयबाटै प्रक्राउ गरेको जानकारी दिएका छन् ।
चिकित्सकहरू कर्मचारी समायोजनको विषयमा असहमति जनाउँदै धर्ना बसेका थिए । उनीहरूले स्वास्थ्य मन्त्रालयले यस अघि कर्मचारी समायोजन लगायतका विषयमा गोडानसँग गरेको सझौता लागु हुनुपर्ने जनाउँदै शान्तिपूर्ण धर्ना दिइरहेका थिए ।
धर्ना बसेका चिकित्सकहरूलाई प्रहरीले लाठीचार्ज गरेको थियो । ‘हामीलाई नराम्ररी पिट्यो’, प्रहरी नियन्त्रणमा रहेका डा. पाण्डेले फोनमा भनेका छन् ।
नियन्त्रणमा लिएर चिकित्सकहरूलाई प्रहरीले हाल पुलिस क्लबमा राखेको छ ।
यसमा तपाइको मत