महासमिति बैठकको सुझाव तोडमोड नगर्न आग्रह

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले महासमिति बैठकबाट आएका सुझाव र निर्देशनलाई समेटेर छिटोभन्दा छिटो विधान संशोधन गर्नुपर्ने धारणा राखेका छन् ।

ललितपुरको सानेपामा सोमबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक धारणा राख्ने नेताहरूले महासमिति बैठकमा आएका सुझावहरूलाई तोडमोड गर्न नहुने बताए ।

उनीहरूले आरक्षणका विषयमा पनि एउटै व्यक्तिलाई पटक पटक फाइदा हुने गरेर व्यवस्था नगर्न सुझाव दिएका छन् ।

केन्द्रीय नेताहरूलाई पनि बुथबाट आउने व्यवस्थालाई कडाइ गर्नुपर्ने केही नेताहरूले प्रस्ताव राखेका थिए । केही नेताहरूले केन्द्रीय सदस्यलाई बुथमा जानु नपर्ने व्यवस्था गर्न माग राखेका छन् ।

सोमबारको बैठकमा केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, डा. मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, नवीन्द्रराज जोशी, शंकर भण्डारी, मीन विश्वकर्मा, प्रदीप पौडेल, चिनकाजी श्रेष्ठ, प्रवक्ता विश्वप्रकाश शर्मा, हरिप्रसाद नेपाल र अमृत अर्यालले आ–आफ्नो धारणा राखेका थिए ।

कांग्रेसको केन्द्रीय कार्यसमितिको अर्को बैठक माघ २९ गते दिउँसो २ बजे पुनः पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ ।

Published : Monday, 2019 February 11, 6:43 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया