५४ वर्षको उमेरमा नेपालमै टेष्ट ट्युब बेवीको जन्म
ललितपुर । महिनावारी सुकेको ४ वर्षपछि पनि काठमाडौंकी एक महिला आइभिएफ अर्थात टेष्ट ट्युब बेवी पद्धति उपचारबाट आमा बन्न सफल भएकी छिन् ।
ललितपुरको जालखालेखस्थित अल्का आइभिएफ एण्ड फर्टिलिटि सेन्टरमा टेष्ट ट्युब बेवी बिशेषज्ञ डा.नुतन शर्मासँग उपचार गराएकी काठमाडौंकी ५४ वर्षीया महिला आमा बन्न सफल भएकी हुन् ।
टेष्ट ट्युब बेवी बिशेष डा.शर्मासँग एक वर्षदेखि बाँझोपनको उपचार गराउँदै आएकी ती महिलाको आइतबार राति ९ बजे काठमाडौंको बयोधास्थित अस्पतालमा जुम्ल्याह सन्तान जन्मिएका हुन् । जन्मिएका सन्तानमध्ये छोरीको तौल १ दशमलव ६ र छोराको १ दशमलव ४ छ ।
अहिले आमा र बच्चाहरू दुबैको स्वास्थ्य अवस्था राम्रो रहको डा.शर्माले जानकारी दिइन् ।
उच्च रक्तचापका कारण थप स्वास्थ्य जोखिम आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै निर्धारित समय अगावै झण्डै ३७ हप्तामै शल्यक्रियाद्वारा बच्चा निकालिएको टेष्ट ट्युब बेवी बिशेषज्ञ डा.शर्माले बताइन् ।
टेष्ट ट्युब बेवी पद्धतिबाट महिनावारी सुकेको ४ वर्षपछि पनि ५४ वर्षीय महिलाले सन्तान जन्माएको नेपालमै संम्भवत पहिलो पटक हो ।
डा.शर्माले भनिन्, ‘नेपालको सन्दर्भमा उमेर बढ्दै जादा महिलाको हर्माेनमा आउने परिवर्तन, पाठेघरको अवस्था र विभिन्न स्वास्थ्य समस्याका कारण पनि ५४ वर्षको उमेरमा गर्भाधारण हुनु असामान्य कुरा हो त्यसमा पनि गर्भाधारण परिपक्व भएर दुई सन्तान जन्मिनुले बाँझोपनको समस्या भएका बढी उमेर समूहका दम्पत्तिलाई धेरै राहत मिल्ने विश्वास लिएको छु ।’
‘बढी उमेर समूहको भएकाले मैले ती महिलालाई शुरुवातदेखि नै उच्च जोखिम समूहमा राखेर उपचार शुरु गरेको थियो’, डा. शर्माले भनिन्, ‘यो सफलताले जस्तो सुकै बाँझोपनको समस्या भएकाहरूको पनि नेपालमै उपचार सम्भव छ भने पुष्टि गरेको छ । त्यसैले सन्तान प्राप्तिको चाहना भएकाहरूले समयमै चिकित्सकसँग परामर्श गर्नु जरुरी छ ।’
सामान्यतः महिलाको हकमा ४० वर्ष कटेपछि सन्तान प्राप्तिका लागि जोखिम मानिन्छ ।
News dherai ramro xa but padna kina milena ?