यो हो ओली सरकारको सस्तो कार्यक्रम, आफ्नैले गरे बिरोध

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले फागुन १ गतेदेखि बेरोजगारी भत्ता वितरणको तयारी गरिरहेका बेला सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का एकजना युवा नेताले विरोध गरेका छन् ।

नेकपाका नेता विजय पौडेलले बेरोजगारी भत्ता बाँड्ने अवस्थामा देशको नरहेको बताएका हुन् । उनले सामाजिक सुरक्षा भत्ताले समस्या बनाइरहेका बेला बेरोजगारी भत्ता बाँड्ने कुरा सस्तो लोकप्रियताको कुरा मात्रै हुने बताएका छन् ।

नेकपाका नेता पौडेलले मंगलबार बिहान फेसबुकमा स्टाटस लेखेर बेरोजगारी भत्ता बाँड्न सक्ने हैसियतमा देशको अर्थतन्त्र नरहेको बताएका छन् ।

‘बेरोजगारी भत्ता बाँड्न सक्ने हैसियतमा देशको अर्थतन्त्र पुगिसकेको छैन’, उनले भनेका छन्, ‘अहिले नै यस्तो घोषणा गर्नु असफल लोकप्रियतावादमा फँस्नु हुनेछ ।’

उनले भनेका छन्, ‘यसअघि घोषणा गरिएको सामाजिक सुरक्षा योजनाले पूर्ण आकार नलिँदै थप घोषणा गर्न नहतारिएको राम्रो ।’

सरकारले फागुन १ गतेदेखि लागू हुने गरेर रोजगारी दिन व्यवस्था लागू गर्दै छ । रोजगारी दिन नसके बेरोजगार भत्ता दिने सरकारको तयारी छ ।

सरकारको तयारी भैरहेका बेला नेकपाका नता पौडेलले बेरोजगार भत्ता बाँड्ने सरकारको तयारीको विरोध जनाएका हुन् ।

आफ्नै पार्टीका नेताको अभिव्यक्तिले प्रधानमन्त्रीलाई झट्का दिएको छ । बेरोजगारी भत्ता विरतण गर्ने कार्यक्रमको शुरुवात माघ १ गते प्रधानमन्त्री ओली र श्रम तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले विशेष कार्यक्रम गरेर घोषणा गर्दै छन् ।

Published : Tuesday, 2019 February 12, 11:39 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया