कम्युनिस्ट सरकारले राष्ट्रिय सुरक्षामा ध्यान दिएनः बडू

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका सांसद दिलन्द्र बडूले कम्युनिस्ट सरकारले सबै नेपालीलाई राष्ट्रिय परिचयपत्र बाँड्ने तयारी गरिरहेका बेला राष्ट्रिय सुरक्षाको विषय उठाएका छन् ।

आइतबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै कांग्रेसका सांसद बडूले राष्ट्रिय परिचय पत्र वितरण गर्दा देशको राष्ट्रिय सुरक्षामा कस्तो सचेतता अपनाएको हो भनेर प्रश्न उठाएका हुन् ।

परिचयपत्रमा हुने भनिएका १६ किसिमका गोप्य सूचना लिक हुन सक्ने विषयमा बडूले चिन्ता जनाएका छन् ।

बडूले राष्ट्रिय परिचयपत्रको विवरणको वैयक्तिक गोपनीयता र सुरक्षाको खतरा हुन सक्ने बताए ।

‘उच्चतम प्रविधिको प्रयोगमा हामी जाँदै छौं । यसमा डाटा लिक हुन सक्ने खतरा पनि होला’, सांसद बडूले भनेका छन्, ‘सावधानी कहाँ र कसरी अपनाउँछौं ? व्यक्तिगत गोपनीयता र सुरक्षाको खतरा के हुन्छ ? उपयोग गर्नेले नै दुरुपयोग गर्‍यो भने के गर्ने ?’

Published : Tuesday, 2019 February 12, 5:20 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया