गुप्तचर प्रमुखलाई लिएर आइजीपी खनाल दिल्ली प्रस्थान
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक गणेशप्रसाद अधिकारी भारत भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेका छन् ।
फागुन १ र २ गतेसम्म संचालन हुने १९औं अन्तर्राष्ट्रिय सेमिनारमा सहभागी हुन खनाल र अधिकारी मंगलबार साँझ नयाँदिल्ली प्रस्थान गरेका हुन् ।
कार्यक्रममा विभिन्न देशका प्रहरी प्रमुख तथा विशिष्ट प्रहरी अधिकृतहरूसँग अन्तरक्रिया तथा राष्ट्रको तर्फबाट सुरक्षा प्रमुखहरूको प्रतिनिधित्वले अन्तर्राष्ट्रियस्तरमा सुरक्षा सम्बन्धी सम्बन्ध विस्तार हुन जानेछ ।
नेपालको आन्तरिक सुरक्षाका संवेदनशीलताका विषयमा विश्लेष्ण गर्न सहयोग पुग्ने प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
खनाल र अधिकारीलाई प्रहरी अतिरिक्त महानिरीक्षक धिरु बस्न्यात, प्रहरी नायव महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामना सहित विदाई गरेका थिए ।
प्रहरी महानिरीक्षक खनालको अनुपस्थितिमा प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान तथा कार्य विभागका प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने छन् ।
यसमा तपाइको मत