राणा र डा.लोहनीद्वारा पदभार ग्रहण, दुई समिति गठन

काठमाडौं । राष्ट्रय प्रजातन्त्र पार्टी (संयुक्त)का दुईजना अध्यक्ष पशुपति शम्शेर राणा र डा.प्रकाशचन्द्र लोहनीले पदभार ग्रहण गरेका छन् ।

काठमाडौंको चाबहिलस्थित पार्टी मुख्यालयमा बुधबार आयोजित कार्यक्रममा राणा र लोहनीले अध्यक्षको पदधार ग्रहण गरेको केन्द्रीय सञ्चार समितिका सदस्य किरण गिरीले जानकारी दिए ।

माघ १८ गते काठमाडौंमा विशेष कार्यक्रम गरेर राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) र डा.लोहनी नेतृत्वको एकीकृत राप्रपा (राष्ट्रवादी)बीच पार्टी एकता भएको थियो ।

दुई पार्टीको एकतापछि नाम परिवर्तन गरेर राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) गठन गरिएको थियो । सहमतिअनुसार राप्रपा (संयुक्त)मा दुई अध्यक्ष रहनेछन् ।

बुधबार पार्टी कार्यालय चावहिलमा अध्यक्षद्वयले एउटै कुर्सीमा पदभार ग्रहण गरेका हुन् ।

दुई अध्यक्षका लागि एउटा मात्र विशेष कुर्सी थियो । राणाले विशेष कुर्सीमा बसेर पदभार ग्रहणा गर्दा अर्का अध्यक्ष लोहनी भने नजिकै सामान्य कुर्सीमा बसेका थिए ।

राप्रपा (संयुक्त)को बैठकले केन्द्रीय सचिवालय सञ्चालनका लागि ध्रुवबहादुर प्रधानको संयोजकत्वमा पाँच सदस्यीय सचिवालय गठन भएको छ ।

सचिवालयको सह–संयोजकमा भरतजंग उप्रेती रहेका छन् । सदस्यमा मीना शाही, बाबुराम बस्नेत र रामशरण पाठक छन् ।

राप्रपा (संयुक्त)ले राजेन्द्र गुरुङको संयोजकत्वमा केन्द्रीय सञ्चार समिति गठन गरेको छ । समितिको सदस्यहरूमा किरण गिरी, जनकराज पाठक, सगुन सुन्दर लावती, सुदर्शन सिलवाल र रविन चाम्लिङ सदस्य छन् ।

Published : Wednesday, 2019 February 13, 8:41 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया