‘ठूला माछा’का दिनदशा बिग्रिए, बुढेसकालमा जेलको ढोका खुल्यो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस प्रकरणमा राजीनामा दिएका तत्कालीन आयुक्त राजनारायण पाठकमाथि अनुसन्धान शुरु गरेको छ ।

पाठकमाथि अनुसन्धानका लागि मंगलबार विषेश अनुसन्धान समिति गठन गरी अख्तियारले अनुसन्धान थालेको हो ।

७८ लाख रुपियाँ घुस लिएको भिडियो सार्वजनिक भएपछि पाठकले पदबाट राजीनामा दिएका थिए । आरोप पुष्टि भयो भने उनलाई अदालतले जेलसम्म पठाउनेछ ।

पाठकमाथि अनुसन्धानका लागि सहसचिवको नेतृत्वमा तीन सदस्यीय विशेष अनुसन्धान समिति गठन गरिएको प्रवक्ता रामेश्वर दंगालले बताएका छन् ।

पाठकले चाँगुनारायाण, भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवाद सल्टाउन ७८ लाख घुस लिएको भिडियो फागुन १ गते सार्वजनिक भएको थियो ।

भिडियो सार्वजनिक भएपछि उनले फागुन ३ पदबाट राजीनामा दिएका थिए ।

Published : Tuesday, 2019 February 19, 1:01 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया