राउतको सम्झनामा राप्ती गाउँपालिकाको कालापानीमा भव्य कार्यक्रम
मसुरिया । दाङको देउखुरीस्थित जनकल्याण प्राथमिक विद्यालयको शैक्षिक, भैतिक तथा आर्थिक बृद्धि एवं सुधारमा रावत परिवारको अमूल्य साथ र सहयोगको राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले प्रशंसा गरेका छन् ।
राप्ती गाउँपालिका ५ कालापानीस्थित जनकल्याण प्राथमिक विद्यालयको स्थापना कालदेखि नै समाजमा प्रतिष्ठित समाजसेवी रावत परिवारले विद्यालय स्थापनाका लागि जग्गा तथा भौतिक निर्माण एवं बालबालिका प्रोत्साहनका लागि गरेको कार्यको अध्यक्ष सुवेदीले प्रशंसा गरेका हुन् ।
जनकल्याण प्राथमिक विद्यालय राप्ती गाउँपालिका ५ कालापानीमा स्वर्गीय देवीबहादुर रावतको ९५औँ स्मृति दिवसको अवसरमा छोेरा बसन्तकुमार रावत तथा परिवारका सदस्यहरूले विद्यालयका बालबालिकालाई शैक्षिक शामाग्री वितरण, पानी फिल्टर प्रदान गरेका थिए । विद्यालयमा स्वर्गीय देवीबहादुर राउतको नाममा १ लाख ५ हजार ५ साय ५५ रुपियाँको अक्षयकोषको निर्माण गरिएको छ ।
कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष सुवेदीले सहयोग गर्ने मन भएका लागि धनले नछेक्ने र नागरिकहरु सामाजिक भावनाका भएमा समाजमा राम्रो असल कार्य हुने बताए ।
कार्यक्रम विद्यालय ब्यवस्थापन समिति अध्यक्ष अकादशनी चौधरीको अध्यक्षता राप्ती गाउँपालिकाका अध्यक्ष प्रमुख आथित्यता, उपाध्यक्ष जगदम्वाकुमारी चौधरी, दाता बसन्तकुमार रावत, वडा नम्बर ५ का वडाध्यक्ष गोवर्धन रावत, वडा नम्बर ६ का वडाध्यक्ष बेदप्रसाद चौधरी, वडा नम्बर ७ का वडाध्यक्ष विद्याशरण चौधरीको विशिष्ठ आथित्यतामा आयोजित कार्यक्रममा स्वर्गीय देवीबहादुर रावतको ९५औँ स्मृति दिवस सम्पन्न गरिएको थियो ।
सो अवसरमा छोेरा बसन्तकुमार रावत तथा रावत परिवारका सदस्यहरूले आगामी दिनमा कालापानीको विद्यालयमा थप सहयोग गर्ने समेत आश्वासन दिएको रेशम रावतले बताए ।
विद्यालयकी प्रधानाध्यापक गीता चौधरीको स्वागतबाट शुरु गरिएको कार्यक्रमको सञ्चालन देबप्रसाद चौधरीले गरेका थिए ।
यसमा तपाइको मत