अख्तियार अगाडिबाट विवेकशीलका कार्यकर्ता पक्राउ
काठमाडौं । भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै प्रदर्शनमा उत्रिएका विवेकशील साझा पार्टीका कार्यकर्ताहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
बुधबार बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय, नक्साल अगाडि प्रदर्शनमा उत्रिएका विवेकशीलका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।
विवेकशीलका कार्यकर्ताहरू भ्रष्टाचारीलाई कारबाहीको माग गरेर विभिन्न ब्यानर र प्लेकार्डसहित धर्ना गर्न अख्तियारको मुख्यालयमा पुगेका थिए ।
‘ठूलो माछा कता छन् ? सिंहदरबार जता छन्’, ‘अख्तियारको बल्छी, साना माछा मात्रै पर्ने’ लगायतका नारा लेखिएका प्लेकार्डसहित विवेकशील पार्टीका कार्यकर्ताले अख्तियारको अगाडि धर्ना दिएका थिए ।
अख्तियार अगाडि धर्ना तथा नारावाजी गरेर अवरोध गरेपछि प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यसमा तपाइको मत