कोरोनाबारे १६ शुभ समाचार
कोरोना भाइरसको आतङ्कबाट त्रसित संसारका सबैलाई क्यानाडाको ‘ग्लोबल पब्लिक अफेयर्स’ले कोरोनाबारे शुभ समाचार अभियान थालेको छ जस अन्तर्गत ‘Morning Dose of Good News’ मा १६ शुभ समाचार दिइएको छ ।
१. चाइनाले उसको अन्तिम कोरोना अस्पताल पनि कोही उपचार गर्न नआएर बन्द गरिसक्यो।
२. भारतमा डाक्टरहरु कोरोनाको उपचार गर्न सफल भैसकेका छन्। बिरामीहरुमा निम्न औषधि चलाइएको थियो : opinavir, Retonovir, Oseltamivir along with Chlorphenamine. भारतीय डाक्टरहरुले संसारभरि सोही औषधि चलाउन सुझाब दिएका छन्।
३. एरासमस मेडिकल सेन्टरका अनुसन्धानकर्ताहरुले कोरोना भाइरस बिरुद्धको एन्टीबडी पत्ता लगाएको दाबी गरेका छन् ।
४. वुहान चाइनामा १०३ वर्षकी हजुरआमा कोभिड-१९ को ६ दिने उपचारपछि पूर्णरुपले निको भएर घर फर्कएकी छिन् ।
५. एप्पल कम्पनीले उसका बन्द भएका ४२ वटा पसल चाइनामा पुन: संचालनमा ल्याएको छ।
६. क्लेभिल्यांड क्लिनिकले कोभिड -१९ को परीक्षण रिजल्ट केही दिनको साटो केही घन्टामै आउने उपायको बिकास गरेको छ।
७. दक्षिण कोरियामा नयाँ बिरामीको संख्या घटिरहेको छ।
८. कोरोनाको सबैभन्दा ठुलो मार इटलीलाई परेको छ । जसको मूख्य कारण हो इटलीको जनसंख्यामा ज्येष्ठ नागरिकको मात्रा युरोपभरिमै सबैभन्दा बढी हुनु ।
९. इजरायलका वैज्ञानिकहरु कोरोना भाइरस बिरुद्धको खोप बिकास भएको घोषणा गर्ने सम्भावनाको नजिक पुगेका छन्।
१०. अमेरिकाको मेरील्याण्डका तीनजना कोभिड-१९ का बिरामी पुरै निको भएर दैनिक जीवनमा फर्किसकेका छन्।
११. क्यानाडाका वैज्ञानिकहरुको संजालले कोभिड-१९ को अनुसन्धानमा उत्कृष्ट प्रगति गरिरहेको छ।
१२. सान डिएगोको एउटा बायोटेक कम्पनी सिंगापुरको ड्युक विश्वविद्यालय र नेसनल युनिभर्सिटी अफ सिंगापुरसँग मिलेर कोभिड-१९ को खोप बिकासमा तीब्रढंगले लागिरहेको छ ।
१३. टुल्सा गाउँको पहिलो कोभिड-१९ को बिरामी निको भएका छन् । उनको पछिल्लो दुई परीक्षणमा दुवै पटक ‘नेगेटिभ’ देखिएको छ। कोभिड-१९ निको हुने रोग हो भनेर यसले देखाउॅछ।
१४. नयाँ दिल्लीको सफ्दरगन्ज अस्पतालमा उपचार गराइरहेका सातैजना बिरामी पुरै निको भएका छन्।
१५ . कोभिड -१९ बाट भर्खरै निको भएका बिरामीको शरीरबाट प्लाज्मा झिकेर नयाँ संक्रमितहरुको उपचारमा प्रयोग गर्न सकिन्छ।
१६. अमेरिकाको सियाटलमा कोभिड-१९ को खोपको मानव सुरक्षा परीक्षण सुरु भएको छ।
(श्रोत: ग्लोबल पब्लिक अफेयर्स, क्यानाडा)
फेसबुकबाट तपाईको प्रतिक्रिया