सात अर्ब वर्षपछि ब्रह्माण्डको एक भाग पृथ्वीमा

लण्डन । ब्रह्माण्डको एक भागमा उत्पत्ति भएको भयानक ऊर्जाको तरंग ७ अर्ब वर्षपछि पृथ्वीसम्म आइपुगको छ ।
दुईवटा ब्ल्याक होलहरू एक आपसमा मर्ज हुँदा निस्किएको ऊर्जाबाट सिर्जित गुरुत्वाकर्षण तरंगको झट्का (सक वेभ) पृथ्वीमा आएको तथ्य वैज्ञानिकहरूले पत्ता लगाएका हुन् ।
सात अर्ब वर्षअघि ब्ल्याक होलहरू आपसमा मर्ज भएको उक्त घटना ब्रह्माण्डमा अहिलेसम्म भएको सबैभन्दा ठूलो मर्जर भएको पनि वैज्ञानिकहरूको दाबी छ ।
गुरुत्वाकर्षण तरंग पृथ्वीसम्म आइपुग्न सात अर्ब वर्ष लाग्नुलाई ब्ल्याक होल मर्जरको खगोलिय घटना ब्रम्हाण्डमा पृथ्वीभन्दा निकै नै टाढा भएको सहजै अनुमान लगाउन सकिन्छ ।
ऊर्जाबाट सिर्जित भई पृथ्वीसम्म आइपुगेका ती तरंगहरूलाई अमेरिका तथा इटालीमा रहेका लेजर डिटेक्टरहरूले गत मे महिनामा पत्ता लगाएका हुन् ।
दुईवटा ब्ल्याकहोलहरू आपसमा ठक्कर खाई मर्ज हुँदा सूर्यभन्दा १ सय ४२ गुणा ठूलो पिण्ड निर्माण भएको छ ।
बिचार/ब्लग

स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया