एसपीहरूको सरुवामा गृहमन्त्री र पिए हाबी, निरिह बने आईजीपी, को कहाँ पुगे ?
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले ४८ जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवा गरेको छ ।
शुक्रबार गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले एसपीहरूको सरुवा गरेका हुन् । सरुवामा अधिकांश आफ्ना एसपीलाई गृहमन्त्री श्रेष्ठले राम्रा जिल्लामा खटाएका छन् । एसपीहरूको सरुवामा गृहमन्त्री श्रेष्ठको निजी सचिवालय निकै हाबी देखिएको छ ।
बारा, कपिलवस्तु, कोशी प्रदेश ट्राफिक जस्ता राम्रा जिल्ला र कार्यालयमा गृहमन्त्री श्रेष्ठको सचिवालयले चलखेल गरेर एसपीहरू पठाएको आरोप छ । भरखर सरुवा भएर काठमाडौं उपत्यकामा आएका एसपीहरूलाई पनि गृहमन्त्री श्रेष्ठले राम्रा जिल्लाको इन्चार्ज बनाएर पठाएका छन् । स्रोतका अनुसार एसपीहरूको सरुवामा विशेष गरेर गृहमन्त्रीको सहयोगी सुशन कर्माचार्यको ठाडो हस्तक्षेप रहेको छ ।
आईजीपी कुँवरले एकजना पनि एसपीलाई राम्रो जिल्ला पठाउन सकेका छैनन् । आईजीपी कुँवर सरुवा प्रकरणमा निकै हुतिहारा देखिएका छन् । आईजीपी कुँवर निरीह बनेका छन् ।
एसपी अजय केसीलाई अंगरक्षक गण, काजीकुमार आचार्यलाई नवलपरासी, कुमोध ढुंगेललाई काठमाडौं परिसर, खड्कबहादुर खत्रीलाई राजमार्ग सुरक्षा कार्यालय चितवन, गजुसिद्धि बज्राचार्यलाई सप्तरी, चित्रबहादुर गुरुङलाई मकवानपुर, जनार्दन जिसीलाई अख्तियार अनुसनधान आयोग, ज्ञानेन्द्रप्रसाद फुयालललाई मानब बेचबिखन अनुसन्धान व्यूरो, तुलबहादुर कार्कीलाई कर्णाली प्रदेश कार्यालय, दिलिप घिमिरेलाई अपराध अनुसन्धान विद्यालय महाराजगञ्ज, नरहरि रेग्मीलाई नवलपरासी (पूर्व)मा सरुवा गरिएको छ ।
नरेन्द्रकुमार कार्कीलाई विशेष सुरक्षा गण जनकपुर, नवरत्न पौडेललाई कपिलवस्तु, नारायणप्रसाद चिमरियालाई विशेष सुरक्षागण सुनसरी, प्रकाश रानाभाटलाई प्रबन्ध शाखा नक्साल, प्रजित केसीलाई प्रदेश कार्यालय बीरगञ्ज, प्रभुप्रसाद ढकाललाई प्रतिष्ठान तालिम केन्द्र महाराजगञ्ज, प्रेमबहादुर बस्नेतलाई सुरक्षा गण महेन्द्रनगर, विनोद शर्मालाई गण्डकी प्रदेश प्रहरी, विनोद सिलवाललाई कोशी प्रदेश कार्यालय, विपिन रेग्मी सुनसरीमा सरुवा भएको छ ।
विष्णुबहरि कोइराला सुदूरपश्चिम प्रदेश प्रहरी धनगढी, वीरबहादुर ओली लुम्बिनी प्रदेश कार्यालय दाङ, बीरबहादुर बुढा मगर उपत्यका प्रहरी कार्यालय तालिम शाखा रानीपोखरी, बेद विष्ट भक्तपुर प्रहरी परिसर, भीमकिरण बोगटी बागमती प्रदेश प्रहरी, भुवनेश्वर तिवारी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, महेन्द्रकुमार श्रेष्ठलाई रौतहत प्रहरीमा सरुवा गरिएको छ ।
महेन्द्र खड्काको सूचना विश्लेषण शाखा नक्साल, माधवप्रसाद बुढाथोकीलाई लुम्बिनी प्रदेश प्रहरी गण कोहलपुर, मित्रबन्धु शर्मालाई अन्वेषण योजना निर्देशनालय काठमाडौं, मोहनकुमार थापा कास्की, रञ्जितसिंह राठौर गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवा, रविकुमार पौडेल प्रहरी शिक्षालय भरतपुर, रमेश थापालाई उदयपुर, रमेश पण्डितलाई अपराध अनुसन्धान शाखा भैरहवा, राकेश सिंहलाई बागमती प्रदेश प्रहरी गण मकवानपुर, राजेन्द्रप्रसाद धमलालाई कानून शाखा नक्साल, रामप्रसाद घर्ती मगरलाई विशेष सुरक्षा गण बाँकेमा सरुवा भएको छ ।
रामबहादुर केसीलाई दाङ, बासुदेव खतिवडालाई इलाम, श्यामकुमार महतोलाई प्रदेश प्रहरी जनकपुर, श्यामकृष्ण अधिकारीलाई गण्डकी प्रदेश प्रहरी गण कास्की, संजयसिंह थापालाई नुवाकोट, सरोज पौडेललाई राजमार्ग सुरक्षा ट्राफिक कार्यालय सुनसरी, सीताराम रिजाललाई मकवानपुर, सुरेशप्रसाद काफ्लेलाई बारा र होबिन्द्र बोगतीलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जमा सरुवा भएको पत्रमा उल्लेख छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया