जसपाको केन्द्रीय कार्यालयमा कार्यविभाजन

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)को केन्द्रीय कार्यालय समिति सदस्यहरूको कार्यविभाजन भएको छ ।

सोमबार पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य परशुराम बस्नेत अध्यक्ष रहेको पाँच सदस्यीय केन्द्रीय कार्यालय समितिको बैठकले सदस्यहरूको कार्यविभाजन गरेको हो ।

प्रशासनिक कार्यसञ्चालन तथा केन्द्रीय कार्यालय व्यवस्थापनको जिम्मेवारी चन्देश्वरप्रसाद सिंह र ई. देवनारायण यादवलाई दिइएको छ ।

केन्द्रीय निकाय, संयन्त्र, मातहत निकायको सम्पर्क तथा जनसम्पर्कका लागि पेशल ढकाल र न्हुच्छेलाल महर्जनलाई तोकिएको छ ।

बैठकले पूर्व केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीसँग कार्यसम्पादन प्रक्रिया र उपलब्ध कागजातहरू बुझबुझारथ गर्ने निर्णय समेत गरेको छ ।

Published : Monday, 2023 September 4, 10:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया