बालकृष्ण खाणसँग भण्डारी र रायद्वारा भेट
काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई नेपाली कांग्रेस केन्द्रीय सदस्यद्वय चन्द्र भण्डारी र महेन्द्र रायले भेट गरेका छन् ।
मंगलबार सुुन्धारास्थित केन्द्रीय कारागारमा पुगेर उनीहरूले कांग्रेसका नेता समेत रहेका खाणलाई भेट गरेका हुन् ।
निकटस्थ स्रोतका अनुसार भेटमा खाणले भण्डारीको स्वास्थ्य अवस्थाबारे सोधेका छन् ।
भण्डारीले समसामयिक राजनीतिका बारे जानकारी गराउँदै स्वास्थ्य अवस्थाबारे जानकारी गराएका छन् ।
खाण र भण्डारी एउटै प्रदेशका नेता हुन् । खाण सभापति शेरबहादुर देउवा निकटका मानिन्छन् । भण्डारी नेता शेखर कोइराला पक्षका हुन् ।
Published : Tuesday, 2023 September 5, 8:07 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया