मूल्य वृद्धिबारे प्रचण्डकी छोरी गंगाद्वारा बचाउ, जनताको भावनामाथि खेलिन्
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी समेत रहेकी स्वकीय सचिव गंगा दाहालले पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएकोमा बचाउ गरेकी छिन् ।
आइतबार बिहान सामाजिक सञ्जालमार्फत गंगाले पेट्रोलियम पदार्थको मूल्य सरकारले वृद्धि नगरेको दाबी गरिन् । उनले अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार नेपालमा पनि मूल्य वृद्धि भएको जनाएकी छिन् ।
गंगाले भनिन्, ‘पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार स्वचालित प्रणाली अन्तर्गत निर्धारण हुने गर्दछ ।’
‘यसमा सरकारको भूमिका नहुने र अन्तर्राष्ट्रिय बजारमा स्वचालित रुपमा मुल्य बढ्दा मूल्य वृद्धि हुने र मूल्य घट्दा घट्ने हुने गर्दछ’, स्वकीय सचिव गंगाले भनेकी छिन् ।
प्रधानमन्त्री दाहालकी स्वकीय सचिव गंगाले मूल्य वृद्धि नियन्त्रण गर्ने उपाय सरकारको दायित्वभित्र पर्छ कि पर्दैन ? केही भनेकी छैनिन् । उनले पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा भएको आलोचना खेप्न नसकेर सरकारले मूल्य वृद्धि नगरेको भनेर बचाउ गर्न खोजेकी छिन् ।
सरकारको नेतृत्व माओवादी केन्द्रले गरेको छ । प्रधानमन्त्री दाहाल छन् । राज्यका हरेक निकायले गर्ने निर्णय र कामको जवाफदेहिता प्रधानमन्त्रीले लिनुपर्छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि हुँदा नेपालमा त्यसको असर कम गराउन प्रधानमन्त्रीले भूमिका खेल्न सक्नुपर्छ । गंगाले काइते जवाफ लेखेर जनताको भावनासँग खेलवाड गरेकी छिन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया